सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भिभोले ल्यायो पर्फेक्ट मदर्स डे उपहार

२०८१ बैसाख २४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  नयाँ युगको अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्ड, भिभोले मातातिर्थ औंशीको अवसर पारेर स्लीक डिजाइन, शक्तिशाली कार्यसम्पादन र लामो समयसम्म चल्ने ब्याट्रीको मिश्रण, भिभो वाई ०३ बजारमा सार्बजनिक गरेको छ । ४+४ जीबीको एक्सटेन्डेड र्‍याम र ६४ जीबीकोे जीबीकोे भण्डारण क्षमता रहेकोे यस फोनको मुल्य १३,४९९ रहेको छ ।

आकर्षक मूल्य  र प्रभावशाली सुविधाहरूको साथ आजैबाट देशभरका अधिकारिक रिटेल स्टोर र दराज अनलाईन मार्फत एकैपटक सर्बजनिक भएको यस फोनले सम्पूर्ण देशवासीहरुको हृदय कब्जा गर्न तत्पर छ ।

भिभो वाई ०३ मा ९० हर्जको रिफ्रेस रेटको साथ ६.५६ इन्चको इमर्सिभ डिस्प्ले छ जसले सिमलेस भिजुअल र सहज नेभिगेसनको सुनिश्चिता गर्दछ। विश्वसनीय मिडियाटेक हेलिओ जि ८५ प्रोसेसरद्वारा सञ्चालित यो फोनमा प्रयोगकर्ताहरूले कुशल मल्टिटास्किङ र सहज कार्यसम्पादनको आनन्द लिन सक्छन्। आकर्षक डिस्प्ले र बलियो कार्यसम्पादन बाहेक भिभो वाई ०३ को ठूलो ५००० एम ए एच ब्याट्री र उत्कृष्ट १५ वाटको फ्ल्यास चार्जले दिनभरी उपयोग गर्न सकिने ग्यारेन्टी प्रदान गर्दछ। नवीनतम एन्ड्रोइड १४ अपरेटिङ सिस्टममा आधारित फन टच ओएस १४ मा चलिरहेको वाई ०३ ले सहज र सुविधाजनक अनुकूलन विकल्पहरू सहित प्रयोगकर्ताहरूलाई सुविधाजनक अनुभव प्रदान गर्दछ ।

बहुमुल्य सम्झनाहरु खिच्नको लागी, भिभो वाई ०३ मा डुअल १३ एमपी रियर क्यामेरा सेटअप रहेको छ जस्ले स्पष्ट र विस्तृत तस्बिरहरू खिच्न मद्दत गर्दछ। सेल्फी र भिडियो कलका लागि ५ एमपी फ्रन्ट क्यामेरा पनि समावेश गरिएको छ । वाई ०३ ले आई पी ५४ रेटिङ प्रदान गर्दछ, जसले यसलाई दैनिक प्रयोगको लागि भरपर्दो साथी बनाउँदै धुलो र पानिको थोपाहरुबाट सुरक्षा प्रदान गर्दछ ।

तर यो मात्र होइन! हरेक आमाहरूको सम्मानमा, भिभोले आर्को एक विशेष अफर ल्याएको छ । भिभो वाई ०२ टि अब १२,९९९ मा उपलब्ध छ,, जसले यसलाई अझै आकर्षक बनाउँछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

हाट बजार एपको दोस्रो संस्करण सार्वजनिक, २६ हजार पुगे प्रयोगकर्ता

विश्वमा साइवर अपराधको बिगबिगी

च्याटजिपिटीको नयाँ संस्करण जिपिटी-४० लन्च

एनसेलले ल्यायाे सधै अन प्लान, डेटा सकिएपनि अब ब्यालेन्स नकाटिने

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो

रासस प्रधानसम्पादक र प्रमुख समाचारदाताको जिम्मेवारी हेरफेर

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित

माइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

सीप मेलामा मोवाइल रिपेयरिङ र टेलरिङमा अत्यधिक छाप

Gorkhapatra enters 124th year of publication