सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

२०८१ बैसाख २४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भारतीय नम्बर प्लेट ४३ एवी ५६६  नम्बरको सेतो रङ्गको कारको पछाडी डिकीमा लुकाएर जलेश्वरतर्फ जादै गरेका सितामढी ग्राम पुनौरा टोल वडा नम्बर ३ का सैयद अंसारीलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चालक तीव्र गतिमा जलेश्वरतर्फ भाग्न खोजेपछि प्रहरीले उन्लाई झन्डै २० किलोमिटरसम्म पछ्याएको थियो। इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएका प्रहरी टोलिले चेकजाँच गर्दा उक्त कारको पछाडिको डिक्कीमा २ पोका र चालक बस्ने सिटको पछाडी फ्लस बटन बनाई ८ पोका गरी जम्मा १० पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी संतुलाल प्रसाद जैसवारले जानकारी दिए।

पोकाहरू तौल गर्दा प्रत्येक पोकामा ५ किलोको दरले जम्मा ५० किलोग्राम गाँजा भेटिएको जैसवारको भनाइ छ। प्रहरीले उक्त कार बरामद गरेको छ भने अंसारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

केही दिन अगाडी पनि मटिहानीबाट जनकपुरतर्फ जानेक्रमा लागूऔषधसहित एक जना भारतीय नागरिक नै पक्राउ परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धनुषाबाट चार जना किशोर किशोरी उद्धार

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ

ससुरा बुहारीलाई कालो मोसो दलेको आरोपमा ५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

अवैध लागूऔषधसहित चार जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

प्रहरी जवान हत्या प्रकरण: ६ जना पक्राउ

इरानमा दुई महिलासहित सात जनालाई फाँसी

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

धनमाल चोरीमा संलग्न गिरोह पक्राउ

धरौटीमा रिहा भए रवि ओड

नक्कली लाइसेन्स प्रकरण, थप दुई जना पक्राउ