सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर

२०८१ बैसाख २४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसले गण्डकी प्रदेशका सभामुख  कृष्णप्रसाद धितालबाट असंवैधानिक कार्य भएको ठहर गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा सभामुखबाट संविधानको मर्म र भावना तथा संसदीय पद्धति र अभ्यास विपरीत भएको असंवैधानिक कार्यप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ,‘नेपालको संविधानको धारा १८८ को उपधारा ३ मा उल्लेख भएअनुसार तत्काल कायम रहेको सम्पूर्ण सदस्यको बहुमतबाट गर्नुपर्ने व्यवस्था हुँदाहुँदै ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सदस्यको मत चाहिनेमा सभामुखले ३० सदस्यको मत प्राप्त खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको घोषणा गर्नु नेपालको संविधानको मर्म र भावना तथा संसदीय शासन पद्धतिको आधारभूत मूल्य, मान्यता एवं संसदीय अभ्यास र परम्परा विपरीत गरिएको कार्य हो भन्ने नेपाली कांग्रेसको ठहर छ।’

उक्त कार्य संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र नेपालको संविधानमाथिकै ठाडो प्रहार भएको भन्दै कांग्रेसले यसले सर्वसत्तावादी चरित्रलाई उदाङ्गो पारेको बताएको छ। कांग्रेसले उक्त कार्यको घोर निन्दा र भर्त्सना पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

कार्यदलमा अझै जुटेन सहमति

राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलकाे निर्णय

एमाले भक्तपुरको अध्यक्षमा देउजा पुन: निर्वाचित

नेकपा एसमा पहिरो : जिल्ला कमिटिका दुई सदस्य एमालेमै फर्किए

राजेन्द्र महतोको मुक्ति क्रान्तिद्वारा दोस्रो चरणको संघर्षका कार्यक्रमहरु घोषणा

शशाङ्क भन्छन्- निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु

समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छः उपाध्यक्ष पाण्डे