सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जसपा विभाजनसँगै त्रसित नेपाल र लामिछाने

२०८१ बैसाख २५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपाल विभाजन भएसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) समेत विभाजन हुने बताइएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र रास्वपा अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीलाई फुटबाट जोगाउन आन्तरिक छलफलाई तीव्रता दिएका छन् । सोमबार एकीकृत समाजवादीको काठमाडौंमा संसदीय दलको बैठक बस्यो । मंगलबार रास्वपाको संसदीय दलको बैठक बस्दै छ । दुवै दलले आफ्ना सांसदलाई पार्टीको नियन्त्रणमा राख्ने प्रयास जारी राखेका छन् ।

नेपाली कांग्रेसले वर्तमान गठबन्धन फुटाएर नयाँ गठबन्धन बनाउने र सरकार गठन गर्ने गृहकार्य थालेपछि सत्तारूढ दलहरू विभाजनको संघारमा पुगेका हुन् । जसपा नेपाल विभाजन भएपछि चिन्तित बनेका नेपाल र लामिछानेले आफ्नो पार्टीलाई फुटबाट जोगाउन सांसदहरूलाई नियन्त्रणमा राख्दै ‘दायाँबायाँ’ नगर्न कडा निर्देशनसमेत दिएका छन् ।

दुवै दलमा रहेका केही सांसद जसरी पनि मन्त्री हुनुपर्ने लबिङमा रहेको र जुनबेला पनि विभाजनतर्फ लाग्ने चर्चा राजनीतिक वृतमा भइरहेको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरिसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाललाई र अर्का नेता शेखर कोइराला समूहले ओलीलाई प्रधानमन्त्री बनाउन खोजेको बताइएको छ ।

प्रतिपक्षमा रहेको कांग्रेसले गठबन्धन फुटाउन खोजेको छ तर छुटाछुटै समूहबाट अगाडि बढ्न खोजेपछि असफल भएको छ । कांग्रेसको यो चाल बुझेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीले वर्तमान गठबन्धन छोड्ने भएपछि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गराएको कतिपयको विश्लेषण रहेको छ ।राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गिरीबन्धु टी स्टेट प्रकरण: को हुन् खर्बौंका जग्गा हत्याउने योजनाका मुख्य सूत्रधार ?

बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै

बजेटमा दोहोरोपन नल्याउन प्रदेश सरकारलाई आग्रह

‘अध्यादेशबाट बजेट ल्याउने स्थिति आओस् भन्ने चाहेको छैन’

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

प्रहरी संगठनमा विधि र प्रक्रिया मिच्दै गृहमन्त्री लामिछाने

नार्कले दियो ड्रोन उडाउने तालिम

चीनबाट कार आयात

सहकारी ठगी मुद्दामा एकमत विपक्षी दल

‘डंकी रुट’ बाट अमेरिका जान लाखौं डुबाउँदै युवा

छिचोलियो लेनडाँडा सुरुङमार्ग

कर्मचारी सरुवा बाह्रैमास