सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिआइबी निगरानीमा १० पूर्वमहानिर्देशक

२०८१ बैसाख २५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा यातायात विभागका पूर्वमहानिर्देशकहरू निगरानीमा परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) ले अनुसन्धान सुरु गरेपछि विभागका पूर्वमहानिर्देशकहरू निगरानीमा परेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली लाइसेन्स वितरण गर्ने र त्यसको संरक्षण गर्ने दुवैलाई कानुनबमोजिम अनुसन्धान गरेर कडा कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको अवस्थामा सिआइबीले पूर्वमहानिर्देशकहरूका पालाका जारी भएका लाइसेन्सको विवरण केलाउन थालेको हो।

यातायात व्यवस्था विभागले नक्कली लाइसेन्स वितरण भएको भन्दै छानबिन गरी थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआइबीलाई प्रतिवेदन दिएको थियो। विभागका उपसचिव एवं आइटी विभाग प्रमुख मुकेश रेग्मीको संयोजकत्वमा बनेको छानबिन समितिमा सिआइबीबाट डिएसपी डा. तपन दाहालसमेत सहभागी थिए।

छानबिन समितिले  १ लाखभन्दा बढी फर्जी लाइसेन्स वितरण भएको निष्कर्ष निकाल्दै प्रतिवेदन तयार पारी भौतिक योजना तथा यातायातमन्त्रीलाई बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा सिआइबीले अनुसन्धान सुरु गरेको हो।

सिआइबी स्रोतका अनुसार महानिर्देशकहरूले रोक्न सक्ने ठाउँ हुँदाहुँदै किन रोक्न सकेनन् भन्नेबारे अनुसन्धान भइरहेको छ। ‘उहाँहरूले प्रिन्ट गर्ने होइन, उहाँहरूको जिम्मेवारी त मातहतका कर्मचारीले राम्रो काम गरे÷नगरेको विषयमा हेर्ने र निगरानी गर्ने हो,’ सिआइबी स्रोतले भन्यो, ‘यो विषयमा पक्राउ परेका व्यक्तिहरूले पनि केही बयान दिएका छन्। त्यसलाई पुष्टि गर्ने आधार खोज्दै छौं।’

सिआइबीले नक्कली सवारी लाइसेन्स प्रकरणमा संलग्न केहीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। ‘नक्कली लाइसेन्सबारे के भएको भनेर सोमबार मात्रै यातायात व्यवस्था विभागका कर्मचारीहरूसँग छलफल गर्‍यौं। यो विषयमा सम्बन्धित विज्ञहरूसँग पनि छलफल गरिरहेका छौं,’ सिआइबी प्रमुख एआइजी श्याम ज्ञवालीले भने।

पूर्वमहानिर्देशकहरू चन्द्रमान श्रेष्ठ, नमराज घिमिरे, गोगनबहादुर हमाल, टोकराज पाण्डे, रूपनारायण भट्टराई, नारायण भट्टराई, कुमार दाहाल, लावण्यकुमार ढकाल, तुलसीनाथ गौतम र सुरेश राउतलाई निगरानीमा राखेको सिआइबी स्रोतले जनाएको छ। नक्कली लाइसेन्स प्रकरणमा सिआइबीले हालसम्म सातजनालाई पक्रिसकेको छ।

अनुसन्धानका क्रममा हरीश भट्ट, सुरजप्रकाश अर्याल, नारायणप्रसाद पाण्डे, लुजारस दनुवार, प्रदीप सुनार, अजित मिश्र र मिलन बास्तोला पक्राउ परेका छन्। सिआइबीले वैशाख १५ गते भट्ट र अर्याललाई नियन्त्रणमा लिएको थियो।

नक्कली लाइसेन्स प्रकरणमा अर्यालले नक्कली ‘युजर’ सिर्जना गरेर विवरण फेर्ने र भट्टको भूमिका प्रिन्ट गर्नेमा देखिएको स्रोतको दाबी छ। त्यस्तै सिआइबीले वैशाख १६ गते यातायात व्यवस्था कार्यालय लुम्बिनीका करारका कम्प्युटर अपरेटर पाण्डेलाई पक्राउ गरेको थियो। उनीहरू सबै अहिले सिआइबीको हिरासतमा छन्। नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गिरीबन्धु टी स्टेट प्रकरण: को हुन् खर्बौंका जग्गा हत्याउने योजनाका मुख्य सूत्रधार ?

बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै

बजेटमा दोहोरोपन नल्याउन प्रदेश सरकारलाई आग्रह

‘अध्यादेशबाट बजेट ल्याउने स्थिति आओस् भन्ने चाहेको छैन’

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

प्रहरी संगठनमा विधि र प्रक्रिया मिच्दै गृहमन्त्री लामिछाने

नार्कले दियो ड्रोन उडाउने तालिम

चीनबाट कार आयात

सहकारी ठगी मुद्दामा एकमत विपक्षी दल

‘डंकी रुट’ बाट अमेरिका जान लाखौं डुबाउँदै युवा

छिचोलियो लेनडाँडा सुरुङमार्ग

कर्मचारी सरुवा बाह्रैमास