सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

समीकरण फेरिएपछि दलमा विचलन आउनुहुन्न : महासचिव पोखरेल

२०८१ बैसाख २५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ राजनीतिक समीकरणबाट सरकार बनेपछि कांग्रेसमा देखिएको विचलन दुःखदायी भएको बताउनुभएको छ । एमाले ताप्लेजुङको १२ औँ जिल्ला अधिवेशनका क्रममा ताप्लेजुङ आउनुभएका महासचिव पोखरेलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ सरकार निर्माणपछि कांग्रेसले संसद् अवरोध गर्नु दुःखदायी भएको बताउनुभयो ।

“नयाँ घटना कुनै केही भएका छैनन्, आफैँले प्रधानमन्त्रीका रुपमा प्रस्ताव राख्ने र त्यही व्यक्ति गृहमन्त्री भएपछि प्रतिशोध साँध्ने जुन प्रकारको नीति नेपाली कांग्रेसको रह्यो, त्यो अत्यन्त दुःखद् छ भन्ने मलाई लाग्छ”–पोखरेलले भन्नुभयो । गल्ती गर्ने व्यक्तिका बारेमा छानबिन हुनु, दण्डित हुनु स्वभाविक भए पनि जिम्मेवार एउटा पार्टीले एकै व्यक्तिलाई कहिले प्रधानमन्त्रीका रूपमा योग्य देख्ने र कहिले गृहमन्त्रीका लागि अयोग्य देख्ने चरित्र हुनु स्वाभाविक नभएको उहाँको टिप्पणी छ ।

यस्तै जनता समाजवादी पार्टीभित्रको विभाजनलाई उहाँले नयाँ समीकरणको रक्षाका लागि भएको विद्रोहका रूपमा टिप्पणी गर्नुभएको छ । सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको भन्दै उहाँले त्यसका विरुद्ध सांसदहरूले स्वयम् विद्रोह गरेर समीकरणको रक्षाका लागि अघि बढ्ने प्रक्रिया सुरु भएको बताउनुभयो । “यो समीकरणको रक्षाका लागि अगाडि बढ्ने प्रक्रिया सुरु भएको छ, जनता समाजवादी पार्टीका सात जना सांसदले नयाँ पार्टी खोल्ने भनेर प्रस्ताव प्रस्तुत गर्नुभएको छ, र म ठान्दछु, त्यो सङ्ख्या अझै बढेर जान्छ” । लोकतन्त्रमा विधिसम्मत ढङ्गले भएका विभाजनलाई स्वीकार गर्नुपर्ने मान्यता आफूमा रहेको भन्दै उहाँले कानुनले दिएको अधिकारलाई प्रयोग गर्नु स्वभाविक मान्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

कार्यदलमा अझै जुटेन सहमति

राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलकाे निर्णय

एमाले भक्तपुरको अध्यक्षमा देउजा पुन: निर्वाचित

नेकपा एसमा पहिरो : जिल्ला कमिटिका दुई सदस्य एमालेमै फर्किए

राजेन्द्र महतोको मुक्ति क्रान्तिद्वारा दोस्रो चरणको संघर्षका कार्यक्रमहरु घोषणा

शशाङ्क भन्छन्- निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु

समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छः उपाध्यक्ष पाण्डे