सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नीति तथा बजेटले देशलाई नयाँ दिशामा लैजाने छ : महासचिव पोखरेल

२०८१ बैसाख २५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : नेकपा (एमाले)का महासचिव शङ्खर पोखरेलले आउँदो आर्थिक वर्षको नीति तथा बजेटले देशलाई नयाँ दिशामा लैजाने बताउनुभएको छ ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “आउँदो नीति तथा बजेटबाट देशलाई नयाँ दिशामा लैजान्छौँ । विकास तथा समृद्धिको दिशामा देश अगाडि बढ्न नसकेकाले नयाँ गठबन्धनको आवश्यकताको आधारमा सरकार बनेको हो ।”

देशको विकास तथा समृद्धिको पक्षमा एमाले रहेकाले कतिपय महत्वपूर्ण मन्त्रालय अरुलाई दिएको उहाँको भनाइ थियो । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको सरकार पूरा समय अवधिसम्म रहने र नयाँ सत्ता समीकरण दलहरुको साझा नीति तथा कार्यक्रमलाई कार्यान्वयन गरेर जानुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलले बताउनुभयो

नयाँ गठबन्धनको साझा नीति तथा कार्यक्रम आउँदो बजेट तथा नीति कार्यक्रममार्फत आउने उहाँले जानकारी दिनुभयो । धेरै कमजोर राजनीतिक दलहरु भएमा देश विकासको दिशामा जान नसक्ने भएकाले अब बलियो राजनीतिक दल हुन आवश्यक परेकाले नेकपा एमाले त्यसतर्फ लागेको पोखरेले स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘प्रधानमन्त्रीले अघिल्लो पटकभन्दा बढी विश्वासको मत पाउनुहुन्छ’

कार्यदलको बैठकमा सहमति जुटेन

प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

कार्यदलमा अझै जुटेन सहमति

राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलकाे निर्णय

एमाले भक्तपुरको अध्यक्षमा देउजा पुन: निर्वाचित

नेकपा एसमा पहिरो : जिल्ला कमिटिका दुई सदस्य एमालेमै फर्किए