सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पुटिनले लिए पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ

२०८१ बैसाख २५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भ्लादिमिर पुटिनले पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ लिएका छन् । पुटिनले मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा ३३ शब्दमा शपथ लिएका थिए ।

यो त्यही ठाउँ हो जहाँ रुसको जार परिवारका तीन राजाहरू (अलेक्जेन्डर द्वितीय, अलेक्जेन्डर तृतीय र निकोलस द्वितीय) को राज्याभिषेक गरिएको थियो ।

शपथपछि पुटिनले भने, ‘हामी अझ बलियो बन्नेछौँ। हामीलाई शत्रु ठानेका देशहरूसँगको सम्बन्धलाई मजबुत बनाउनेछौँ। जनताको विश्वास कायम राख्न सक्दो प्रयास गर्नेछु ।’

रुसमा मार्च १५–१७ मा भएको निर्वाचनमा पुटिनले ८८ प्रतिशत मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी निकोले खारिटोनोभले मात्र ४ प्रतिशत मत पाएका छन् ।

अमेरिका, बेलायत र धेरै युरोपेली देशहरूले रुसमा पुटिनको शपथ ग्रहण समारोह बहिष्कार गरेका थिए । पुटिनले सन् २००० मा पहिलो पटक राष्ट्रपतिको सपथ लिएका थिए । त्यसयता उनी सन् २००४, २०१२ र २०१८ मा पनि राष्ट्रपति भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इजरायली प्रधानमन्त्री नेतन्याहुको संकट बढ्दै, युद्ध क्याबिनेटमा विद्रोहको चेतावनी

इजरायलको युद्ध मन्त्रीपरिषद्को सदस्यले दिए नेतान्याहुलाई अल्टिमेटम

किर्गीस्तानमा तनाव, नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

अफगानिस्तानमा गोली हानाहान प्रकरणः तीन स्पेनिस नागरिकको मृत्यु भएको पुष्टि

पाकिस्तानले ‘चाइल्ड स्टन्टिङ’ विरुद्धको अभियान सुरु गर्ने

संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान ! कर्मचारीमाथि फौजदारी मुद्दा चलाइने

गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी

अमेरिकाले समुद्री मार्गबाट ​​सहायताको पहिलो खेप गाजा पुर्यायो

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

मोदीविरुद्ध उम्मेदवारी दिएका हास्यकलाकार श्याम रंगीलाको मनोनयन खारेज