सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मन्त्री हेरफेरको गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड,को हट्दैछ, को मन्त्री बन्दैछन् ?

२०८१ बैसाख २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । सरकारमा रहेका केही मन्त्रीलाई फिर्ता बोलाई केही नयाँ अनुहारलाई मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । बालुवाटार स्रोतका अनुसार सञ्चारमन्त्री रेखा शर्मा, ऊर्जामन्त्री शक्ति बस्नेतसहितका केही मन्त्रीलाई हटाएर केही नयाँलाई अवसर दिन खोजिएको हो ।

को हट्दैछ, को मन्त्री बन्दैछन् ?

जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट विभाजन भएर अशोक राईको नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टी (जसपा)का नेतालाई मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई दबाब परेको छ । राईको नेतृत्वमा जसपा नेपाल विभाजन भएपछि सो दलले सरकारलाई समर्थन र सहयोग रहनुका साथै प्रचण्ड नेतृत्वको गठबन्धनलाई नै निरन्तरता दिने बताएको छ ।

राई नेतृत्वको जसपाबाट अहिले वन तथा वातावरणमन्त्री रहेका नवलकिशोर साहलाई निरन्तरता दिने र सांसदहरू वीरेन्द्र महतो, प्रदीप यादवलाई मन्त्री बनाउने तयारी छ ।

उपेन्द्र यादव विदेशमा रहेका बेला पार्टी विभाजन भएको थियो । निर्वाचन आयोगले दल दर्ता गरी कानुनी मान्यतासमेत दिइसकेको छ । नेपाल फर्किएपछि मंगलबार यादवले प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । उनले आफू विदेशमा रहेका बेला एमाले र माओवादी केन्द्रले मिलेर पार्टी विभाजन गराएको गुनासो पोखे । यता, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानन्त्री प्रचण्ड र एमाले नेताहरूले जसपा विभाजनमा आफूहरूको संलग्नता नरहेको प्रस्टीकरण दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठलाई समेत मन्त्री बनाउने तयारी गरेका छन् । हाललाई श्रेष्ठलाई बिनाविभागीय वा कुनै मन्त्रालय दिएर मन्त्री बनाउने विषयमा प्रचण्ड आन्तरिक छलफलमै रहेका छन् ।राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गिरीबन्धु टी स्टेट प्रकरण: को हुन् खर्बौंका जग्गा हत्याउने योजनाका मुख्य सूत्रधार ?

बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै

बजेटमा दोहोरोपन नल्याउन प्रदेश सरकारलाई आग्रह

‘अध्यादेशबाट बजेट ल्याउने स्थिति आओस् भन्ने चाहेको छैन’

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

प्रहरी संगठनमा विधि र प्रक्रिया मिच्दै गृहमन्त्री लामिछाने

नार्कले दियो ड्रोन उडाउने तालिम

चीनबाट कार आयात

सहकारी ठगी मुद्दामा एकमत विपक्षी दल

‘डंकी रुट’ बाट अमेरिका जान लाखौं डुबाउँदै युवा

छिचोलियो लेनडाँडा सुरुङमार्ग

कर्मचारी सरुवा बाह्रैमास