सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भिभो ‘भी १९’ बुधबार नेपाली बजारमा सार्वजनिक

२०७७ असार १८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भिभोले बुधबार नेपाली बजारमा  भी १९ सार्वजनिक गरेको छ। जसमा ३२ प्लस आठ मेगापिक्सेलको सुपर वाइड एंगल डुअल फ्रन्ट क्यामेरा, ६.४४ इञ्चको सुपर एमोलेड फूल एचडी प्लस डिस्प्ले र अल्ट्रा ओ स्क्रीन डिजाइन रहेको छ।

यसमा प्रयोग भएको एआई प्रविधिले स्वचालित रुपमा वाइड एंगलको फोर ग्राउण्ड तथा ब्याक ग्राउण्डलाई मिलाएर उत्कृष्ट फोटो निकाल्छ। यसका साथै फोनको अगाडि पट्टी राखिएको क्यामेरामार्फत अल्ट्रा स्टेवल सेल्फी भिडियो समेत लिन सकिन्छ।

भिभो भी १९ को पछाडिपट्टी चार वटा क्यामेरा (क्वाड क्यामेरा) रहेको छ। जसमा ४८ मेगापिक्सेलको मूख्यक्यामेरा, आठ मेगापिक्सेलको सुपर वाइड–एंगलक्यामेरा, दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा र दुई मेगापिक्सेलकै बुके क्यामेरा रहेको छ।

फ्रन्ट क्यामेरामा जस्तै यसमापनि अल्ट्रा स्टेवल भिडियो सिस्टम छ। एआई ईमेज र भिडियो फिचर रहेको फोनमा एआई भिडियो फिल्टर, एआई भिडियो एडिटर र व्यावसायिकता सहज फोटो एडिटिङका लागि एआई ईमेज म्याटिङ प्रविधि रहेको छ।

फोनको अगाडि र पछाडि दुवै तर्फको क्यामेरामा नाइट फोटोग्राफीका लागि स्पेसल मोड उपलब्ध छ। अगाडिको क्यामेरामा लेयरमाआधारित ब्युटिफिकेशन, स्पेसल मार्जिन डी–न्वाइज र मल्टिपल एक्स्पोजर सहतिको सुपर नाइट सेल्फीमोड रहेको छ। जसले प्रयोगकर्तालाई आफैल चाहेअनुसार ब्याकग्राउण्ड परिवर्तन नगरी स्पष्ट र सुन्दर सेल्फीलिन सकिनेछ। त्यस्तै पछाडिपट्टी मल्टिफ्रेम स्क्रिनिङ, टेम्पोरल अलाइनमेन्ट र स्पेसल मार्जिन डी–न्वाइजयुक्त सुपर नाइट प्रोट्रेट मोडमार्फत रातको समयमा प्रयोगकर्ताले उच्च गुणस्तरिय फोटो खिच्न सक्नेछन्।

यसमा ४५ सय एमएएचक्षमताको ब्याट्री छ। ग्लिमब्ल्याक र स्लिक सिल्भर रंगहरुमा उपलब्ध भी १९ को मूल्य नेपाली बजारमा ४९ हजार ९ सय ९९ रुपैयाँमा तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

प्रेस स्वतन्त्रताको रक्षार्थ एकजुट हुनुपर्नेमा जोड

पटके सवारी रुट इजाजतपत्र अब अनलाइनबाट

अनर एक्स ७ बी नेपाली बजारमा आउँदै

चीनमा बनाइयो पहिलो हाइड्रोजन ट्रेन, जसको भयो सफल परिक्षण

नेपाल सम्वत्‌को सफ्टवेयर र एप सरकारलाई हस्तान्तरण

चीनमा खाेलियाे विश्वको सबैभन्दा दोस्रो ठुलो एप्पल स्टोर

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकबाट मिर्गौलाको सफल प्रत्यारोपण

फ्रान्सले तिराउन लगायाे गुगललाइ २५० मिलियन युरो जरिवाना

सरकार दूरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा छः मन्त्री शर्मा

अब गुनगुनाएको भरमा यु टयुबमा म्युजिक खोज्न सकिने

५० बर्ष पछि सबैभन्दा लामो सुर्यग्रहण यसपटक