सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासीमा चढाइयोस्

२०८१ बैसाख २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः केटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै सन्दीपले सम्बन्ध दोषी देखिए फासी नै चढाइयोस् भनेका हुन् ।

पछिल्लो समय उच्च अदालतमा उनले पुनरावेदन गरेको मुद्धाको सुनुवाई स्थगित हुदै आएपछि सन्दीपले सामाजिक सञ्जालमा आफु निर्दोष रहेको बताउदै आएका छन् ।

उनले कथित अभियन्ताहरूमाथि आक्रोशसमेत पोख्दै भनेका छन्- ‘तथाकथित अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको होस्। तथ्य र प्रमाणले साबित गर्नुहोस। म दोषी देखिन्छु भने फासीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन ।’

सन्दीपले आफ्नो पोष्टमा यो घटना कसैले नियोजित रुपमा गराएको आरोप समेत लगाएका छन् ।

उनले भनेका छन्- ‘यो घटनाको निर्दोष पात्र हुँ। मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ। त्यसमा तपाईँहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। वास्तबिक अनुहार आफैं निस्केला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

अपराजित लिभरकुसेन

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने

जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि नेपाली सेनाका रोकायालाई

नेपालले अमेरिका र क्यानडाविरुद्ध विश्वकप वार्म-अप खेल खेल्ने

भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुदै