सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मातातीर्थमा स्नान गर्नेको घुइँचो

२०८१ बैसाख २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ ।

कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा तर्पण एवं दान गरेमा पुण्य हुने विश्वास छ । । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ । धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ ।

पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ । आज विशेष रूपमा आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

आज कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै

आज कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

तपाईको आजको भाग्य कस्तो छ ?हेर्नुहोस् राशिफल

बिहीबार भगवान विष्णुको पूजा

‘अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ’

संस्कृति संरक्षाणका निम्ति मादल बजाउने तालिम

आज कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

जेठ १ गते मंगलबारको वैदिक राशिफलः तपाईको दिन सुभ रहोस् ।

आज कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने