सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रफाहमाथिको प्रत्याक्रमण रणनीतिक गल्तीः राष्ट्रसङ्घ महासचिव

२०८१ बैसाख २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले रफाहमा इजरायली आक्रमणको निन्दा गर्दै उक्त आक्रमण “रणनीतिक गल्ती” हुने चेतावनी दिनुभएको छ ।

रफाहमाथि आक्रमण एक रणनीतिक भूल, राजनीतिक विपत्ति र अमानवीय कार्य हुने गुटेरेसले ट्वीटरमा पोस्ट गरिएको भिडियोमा उल्लेख गर्नु भएको छ । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई इजरायल–हमास युद्ध रोक्न अपिल गर्नुभयो ।

उहाँले इजरायलमाथि प्रभाव राख्ने सबै मुलुक एवं व्यक्ति र संस्थालाई गाजामा जारी त्रासदी रोक्नेतर्फ पहल गर्न आग्रह समेत गर्नुभएको छ । महासचिव गुटेरेसले यो समय युद्धरत पक्षहरुलाई सम्झौतामा ल्याई युद्ध अन्त्य गर्ने उपयुक्त समय भएको पनि उल्लेख गर्नुभयो ।

मानवीय युद्धविराम, बन्धकहरूको बिनाशर्त रिहाइ तथा जीवन बचाउ सहायताको वृद्धिलाई बढावा दिन अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी भएको राष्ट्रसङ्घीय प्रमुखको भनाई छ ।

प्यालेस्टिनी सिभिल डिफेन्सको रिपोर्ट अनुसार मङ्गलबार रफाहमा इजरायलले गरेको हवाई आक्रमणका कारण धेरै हताहत र घाइते भएका छन् ।

प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी डब्लुएएफएले रफाहमा गरिएका दुईवटा आक्रमणमा आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहिन

इजरायली प्रधानमन्त्री नेतन्याहुको संकट बढ्दै, युद्ध क्याबिनेटमा विद्रोहको चेतावनी

इजरायलको युद्ध मन्त्रीपरिषद्को सदस्यले दिए नेतान्याहुलाई अल्टिमेटम

किर्गीस्तानमा तनाव, नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

अफगानिस्तानमा गोली हानाहान प्रकरणः तीन स्पेनिस नागरिकको मृत्यु भएको पुष्टि

पाकिस्तानले ‘चाइल्ड स्टन्टिङ’ विरुद्धको अभियान सुरु गर्ने

संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान ! कर्मचारीमाथि फौजदारी मुद्दा चलाइने

गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी

अमेरिकाले समुद्री मार्गबाट ​​सहायताको पहिलो खेप गाजा पुर्यायो

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा