सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टुँडिखेलको सीप मेला अवलोकनपछि मेयर हमालक‍ो प्रस्ताव- धनगढीमा पनि गरौं

२०८१ बैसाख २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमालले काठमाडौंको टुँडिखेलमा आयोजना भइरहेको सीप मेलाको अवलोकन गरेका छन्।

बधबार बिहान उनले सीप मेलाको स्थलगत अवलोकन गरेका हुन्। सीप मेलाकाे अवलाेकनपछि उनले युवाहरूलाई स्वराेजगार बनाउन निकै सहयाेग पुग्ने विश्वास व्यक्त गरे। उनले धनगढीमा पनि यस्तै खालकाे सीप मेलाकाे आयाेजना गर्न साझेदारहरूलाई प्रस्ताव गरे।

‘युवाहरूसँग डिग्रीकाे प्रमाणपत्रभन्दा सिपालु हात हुनुपर्ने अहिलेकाे खाँचाे हाे। यस्ताे खालकाे सीप मेलाले युवालाई आत्मनिर्भर बनाउन मद्दत गर्छ। धनगढीमा पनि यस्तै सीप मेला आयाेजना गर्न हामी तयार छाैँ,’ मेयर हमालले भने, ‘तपाईंहरू आउनुहाेस्। हामी सहकार्य गर्न तयार छाैँ।’

उनले बजारकाे मागअनुसार सीप र तालिम प्रदान गर्नुपर्ने बताए। ‘हिजाे तालिमका नाममा तालिमकाे ठेक्का पाउनेहरू मात्रै राेजगार भए,’ हमालले भने, ‘अब त्यसरी हुँदैन। तालिम लिएकाहरू साँच्चिकै राेजगार हुनेगरी काम हुनुपर्छ।’

काठमाडौं महानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघकाे सहकार्यमा टुँडिखेलमा आयाेजना भइरहेकाे सीप मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने लक्ष्य राखिएकाे छ। शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि मेलाको अवधारणा अघि सारिएको महासंघका महासचिव छत्र बमले बताए।

उनले सीप सिक्नका लागि १५ हजारभन्दा धेरै युवाकाे आवेदन परेकाे बताउँदै आगामी दिनमा सबैलाई तालिमकाे अवसर दिएर राेजगारीसँग जाेड्ने लक्ष्य लिइएकाे बताए। राज्यका विभिन्न निकायहरूबाट पनि सकारात्मक प्रतिक्रिया आएकाे उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा

गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा

वीरगन्ज नाका तीन दिन बन्द रहने

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कस्तो आजको मौसम पूर्वानुमान ?

केबलकार परियोजनाविरुद्ध घोषित यातायात बन्द चार दिनपछि फिर्ता

बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै

राति चट्याङ र हावाहुरीसहित मध्यमसम्म वर्षा हुने प्रक्षेपण, बढी सम्भावना कता ?

वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए

कोरियाबाट फर्केर माछापालनमा पुन

दुर्घटनामा पत्रकार रोहिताको मृत्यु