सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

निष्क्रिय ऐनमा टेकेर नयाँ दल दर्ता

२०८१ बैसाख २७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निर्वाचन आयोगले उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी (जसपा)बाट फुटेर गएको अशोक राई नेतृत्वमा नयाँ दल जसपालाई मान्यता दिएको छ । निर्वाचन आयोगको सो निर्णयपछि उपेन्द्र यादवपक्ष भने अदालत जाने तयारीमा रहेका छन् । सो नयाँ दल दर्ता भने निष्क्रिय भइसकेको अध्यादेशको व्यवस्थानुसार दर्ता भएको हो । आयोगले नयाँ दल दर्ताको मान्यता दिएसँगै यो विवाद अब सर्वोच्चमा पुग्ने देखिएको छ ।

आयोगको निर्णयविरुद्ध उपेन्द्र यादव अदालत जाँदै

जसपा अध्यक्ष यादव अमेरिका भ्रमणमा रहेका बेला अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फिर्ता भइसकेको अध्यादेशको व्यवस्थानुसार दर्ता भएको हो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ भदौ २०७८ मा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।

सो अध्यादेशमा दल विभाजन गर्न २० प्रतिशत सांसद वा २० प्रतिशत पार्टी केन्द्रीय सदस्य भए पुग्ने व्यवस्था थियो । त्यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत सदस्य हुनुपर्ने व्यवस्था थियो । तर, त्यतिबेला नेकपा एमालेबाट माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल दर्ताका लागि सहज बनाउन देउवाले अध्यादेशमार्फत केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत सदस्य मात्रै भए पुग्ने व्यवस्था गरेका थिए । सोही व्यवस्थामा टेकेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) पनि दर्ता भएको थियो । नेकपा एकीकृत समाजवादी र लोसपाको दल दर्ता भएसँगै ११ असोज २०७८ मा अध्यादेश फिर्ता भएको थियो ।

२०७७ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘र’को ठाउँमा ‘वा’ बनाएर अध्यादेश ल्याएका थिए । देउवाले ‘र’ र ‘वा’लाई परिवर्तन नगरी थ्रेसहोल्डको व्यवस्थामै व्यापक परिवर्तन गरिदिएपछि माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल सहज रूपमा बनेको थियो भने एमाले विभाजित भएको थियो ।राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिदेशीय व्यापारिक सडकमा बेलिब्रिज

सुर्तीमा कर बढाउन नदिन उद्योगीको हस्तक्षेप

पन्ध्र बिघा सरकारी जग्गा व्यक्तिका नाममा

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, संसद् अवरोध गर्ने कांग्रेसको संकेत

संसदीय छानबिन समितिको कार्यादेशमा कसरत

७६ जिल्लामा द्रुत गतिको इन्टरनेट सेवा

अतिक्रमण गरेर बनाइएका ५१ घर–टहरा भत्काइए

गिरीबन्धु टी स्टेट प्रकरण: को हुन् खर्बौंका जग्गा हत्याउने योजनाका मुख्य सूत्रधार ?

बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै

बजेटमा दोहोरोपन नल्याउन प्रदेश सरकारलाई आग्रह

‘अध्यादेशबाट बजेट ल्याउने स्थिति आओस् भन्ने चाहेको छैन’

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार