काठमाडाैंः बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विश्वव्यापी रुपमा आफ्नो कोभिड–१९ विरुद्धको खोपको खरिद बिक्री रोक्ने निर्णय गरेको छ । द टेलिग्राफको रिपोर्टका अनुसार कम्पनीले अब खोप निर्माण र आपूर्ति नगरिएको बताएको छ ।
एस्ट्राजेनेकाले साइड इफेक्टका कारण खोप बन्द गर्ने निर्णय नभएको दाबी गरेको छ । व्यवसायिक कारणले खोप बजारबाट निकाल्न लागिएको कम्पनीले जनाएको छ ।
अब बजारमा अन्य धेरै उन्नत खोपहरू उपलब्ध छन्, जसले भाइरसका विभिन्न प्रकारहरूसँग लड्न सक्छ । यस्तो अवस्थामा एस्ट्राजेनेका भ्याक्सिनको उत्पादन र आपूर्ति रोकिएको छ ।
मिडिया रिपोर्टका अनुसार एस्ट्राजेनेकाले यो वर्ष मार्च ५ मा खोप फिर्ता लिन आवेदन दिएको थियो । मंगलबार ९मे ७० देखि लागू भएको छ । यो खोप अब युरोपेली संघमा प्रयोग गर्न सकिँदैन । एस्ट्राजेनेकाले २०२० मा अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोरोना भ्याक्सिन बनाएको थियो । यसको सूत्रबाट भारतको सीरम इन्स्टिच्युटले कोविशिल्ड नामको खोप बनायो । जबकी बेलायत र अष्ट्रेलियामा यसलाई ‘भक्सजाभेरिया’ भनिन्छ ।
एस्ट्राजेनेकाले भनेको थियो–‘भ्याक्सिनबाट हृदयाघातको जोखिम’ वास्तवमा, एस्ट्राजेनेकाले फेब्रुअरीमा बेलायती उच्च अदालतलाई उनीहरूको कोभिड–१९ खोपले खतरनाक साइड इफेक्ट हुनसक्ने बताएको थियो ।
कम्पनीले अदालतमा पेश गरेको कागजातमा आफ्नो कोरोना भ्याक्सिनले थ्रोम्बोसिस थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम अर्थात् टीटीएस निम्त्याउन सक्ने बताएको छ । यो रोगका कारण शरीरमा रगत जम्ने गर्छ । प्लेटलेट्सको संख्या घट्छ । यद्यपि, यो धेरै दुर्लभ अवस्थामा मात्र हुनेछ । एस्ट्राजेनेकामाथि खोपका कारण धेरै मानिसको मृत्यु भएको आरोप लगाइएको छ ।नेपाल समाचारपत्र दैनिकबाट