सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हिंसा नियन्त्रण गर्न प्रहरीको सहकार्य

२०८१ बैसाख २७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लैङ्गिक हिंसा नियन्त्रण गर्न स्थानीय तह तथा सरोकारवाला पक्षलाई समेटेर नेपाल प्रहरीले सहकार्य गर्न थालेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले लैङ्गिक हिंसा नियन्त्रणमा यस किसिमको सहकार्य प्रभावकारी हुने अपेक्षा राख्नुभयो । विभिन्न अपराधका अधिक घटना हुने टीकापुर क्षेत्रमा लैङ्गिक हिंसा र लागुऔषधमा संलग्न व्यक्तिकाविरुद्ध सूचना पाउन कठिनाइ भएको उहाँले बताउनुभयो । सरोकारवाला संस्था तथा निकाय र प्रतिनिधिसँगको सहकार्यले हिंसा प्रभावितलाई सेवा दिन सजिलो हुने र कानुनविपरीतका क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिन सहयोग पुग्ने दाबी उहाँले गर्नुभयो ।

आर्थिक वर्ष २०७८/७९ मा १०२ वटा, २०७०/८० मा ७५ वटा र चालु आवमा ७२ वटा घरेलु हिंसाका उजुरी परेको इलाका प्रहरी कार्यालयले जनाएको छ । उहाँका अनुसार घरेलु हिंसाको मुख्य कारण मादक पदार्थ सेवन रहेको छ ।

इलाका प्रहरीमा आएका फौजदारी अपराधका घटना मध्ये २५ प्रतिशत लैङ्गिक हिंसाका छन् । टीकापुर अस्पतालमा यस वर्ष सेवा लिन आएका ९० जनामा ८२ जना महिला रहेको र सबैजसो घरेलु र लैङ्गिक हिंसामा परेर एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) आएको सो केन्द्रका सम्पर्क व्यक्ति कलावती तिमिल्सिनाले बताउनुभयो ।

लैङ्गिक हिंसा नियन्त्रण गर्न प्रहरीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत हिंसामा परेका महिलालाई सेवा दिँदै आएको छ । सरकारले पन्ध्रौँ योजनामा लैङ्गिक हिंसा निवारण गर्ने लक्ष्य लिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत महिला समुत्थान परियोजना लागु भई स्थानीयस्तरमा प्रहरीले सहकार्य बढाएर हिंसा नियन्त्रणको प्रयास गरिएको सो परियोजनाकी लैङ्गिक समता तथा समावेशीकरण (जेसी) तालिम विशेषज्ञ मञ्जुसिंह राणाले बताउनुभयो ।

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन विधि २०७८ अनुसार टीकापुरमा सरोकारवालासहितको १७ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन भएको छ ।

कानुनी व्यवस्था अनुसार कारबाही गर्ने हो भने गाउँमा हरेक घरमा बस्नै नसकिने अवस्था रहेको र सञ्जालले बनाएको वार्षिक कार्ययोजनाले लैङ्गिक हिंसा नियन्त्रण गर्न सजिलो हुने टीकापुर नगरपालिका–३, शङ्करपुरका महिला वडा सदस्य कमला विश्वकर्माको अपेक्षा छ । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुन लुटपाट गर्ने दुई पक्राउ

धनुषाबाट चार जना किशोर किशोरी उद्धार

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ

ससुरा बुहारीलाई कालो मोसो दलेको आरोपमा ५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

अवैध लागूऔषधसहित चार जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

प्रहरी जवान हत्या प्रकरण: ६ जना पक्राउ

इरानमा दुई महिलासहित सात जनालाई फाँसी

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

धनमाल चोरीमा संलग्न गिरोह पक्राउ

धरौटीमा रिहा भए रवि ओड