सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन अनुबन्धित

२०८१ बैसाख २७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन् ।

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि निर्माणपक्षले मुकुनसँग केही दिन अघि मात्रै लिखित सम्झौता गरेको हो ।

पहिलो फिल्म ‘बुलबुल’ बाट चर्चा कमाएर अलग छवि बनाएका अभिनेता मुकुनलाई आफूहरुले कल्पना गरेको पात्रलाई उम्दा गरेर देखाउने विश्वस्तका साथ अनुबन्धित गराइएको निर्माता विनोद पौडेलले जानकारी दिए ।

फिल्ममा मुकुनको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन । ‘पूर्ण बहादुरको सारङ्गी’मा पनि उनलाई शीर्षमध्येको भूमिका मध्य एक महत्वपूर्ण पात्रमा देख्न सकिने पौडेलको भनाइ छ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो फिल्ममा मुकुन अघि गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भइसकेका छन् ।

सोसल–ड्रामा बन्ने फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन् । जसमा मौलिक कथाको एक गहन विषयलाई उठान गर्न लागेको बुझ्न सकिन्छ । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । करिब दुई हप्ता अघि फिल्मको नाम र मोसन पोस्टर सार्वजनिक गरेको निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय सिनेमाभन्दा कोरियन फिल्म सय गुणा राम्रो- नसिरुद्दीन शाह

साउन १८ मा प्रदर्शन हुदै वर्षाको ‘मोदीबेनी’

अभिनेता अल्लु अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा

महाजात्राले मनायो ५१ दिन

‘शोले’को रेकर्डलाई तोड्ने भारतको पहिलो फिल्म

सलमानको नयाँ फिल्ममा रश्मिकाको इन्ट्री

आठौँ सातामा ‘महाजात्रा’: शनिवार ५१ औँ दिन मनाउँदै

अभिभावक बन्दै जस्टिन र हेली

पल शाह भन्छन्- ‘पुजार सार्की’ मा स्क्रिन टाइम थोरै भएपनि भूमिका महत्त्वपूर्ण छ

तनहुँमा चलचित्र निर्माण कार्यशाला

कस्तो छ भन्सालीको हिरामण्डी सिरिज ?

बेलायतमा नेपाली कन्सर्ट हुँदै