सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सार्वजनिक सवारी साधनमा भाडा छुट सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

२०८१ बैसाख २७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजना, स्वर्गद्वारी गौमुखी यातायात प्रालि र नमस्ते प्युठान यातायात प्रालि प्युठानको सहकार्यमा प्युठान नगरपालिका-७ टिकुरीस्थित बसपार्कमा “जेष्ठ नागरिकहरूलाई सार्वजनिक सवारी साधनमा भाडा छुट सम्बन्धी सचेतना कार्यक्रम” बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को कानूनी व्यवस्था सम्बन्धी स्टिकर टाँस गरी कार्यक्रमको उद्‍घाटन गरेका थिए । यस अभियानलाई कार्यक्रममा मात्र सीमित नराखी व्यवहारमा समेत लागू गर्नुपर्ने, अधिकारको उपयोग गर्न तथा दुरूपयोग गर्न नहुने तथा यसको कार्यन्वयनमा प्रहरी प्रशासनद्वारा अभियानको रूपमा चेकजाँचको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले ज्येष्ठ नागरिक सम्बन्धी कानूनी व्यवस्था, ट्राफिक व्यवस्थापन, बसपार्क व्यवस्थापन बारे जानकारी दिँदै यसको कार्यान्वयनमा सबै सरोकारवाला निकायहरू बिच आवश्यक समन्वय र सहकार्य हुनुपर्ने बताए ।

जेष्ठ नागरिक गेहराज शर्मा पण्डितको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, संघसंस्थाका प्रमुख, यातायात व्यवस्था समितिका पदाधिकारीहरू, संचारकर्मी, जेष्ठ नागरिक, समाजसेवी भद्रभलाद्‍मी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु

बैतडीमा एक पुरुषको शव फेला

नरभक्षी बाघ मर्‍यो

भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

कस्तो छ आजको मौसम पूर्वानुमान ?

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल

यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा

गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा

वीरगन्ज नाका तीन दिन बन्द रहने

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै