सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जलेश्वरका प्रमुख-उपप्रमुखसहित १२ जनाविरुद्ध मुद्धा दायर

२०८१ बैसाख २७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जना उपर भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले जलेश्वर-१ को बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रमा पिपिसी ढलान गर्ने काममा बढी कार्य गरेको देखाएर ५ लाख ८४ हजार ६३७ रुपियाँ भुक्तानी लिएको आरोप लगाउदै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

अख्तियारले जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, अधिकृत धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवन कुमार झा, इन्जिनियर राकेश कुमार चौधरी, सब इन्जिनियर दिपेश कुमार शाह, कार्यपालिका सद्स्त सोगार खातुन, जलेश्वर-१ का वडा अध्यक्ष अनिल कुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार झा, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी चौधरीलाई आरोपी बनाउदै मुद्धा दायर गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

खैरो हेरोइनसहित दुई जना युवा पक्राउ

सुन लुटपाट गर्ने दुई पक्राउ

धनुषाबाट चार जना किशोर किशोरी उद्धार

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ

ससुरा बुहारीलाई कालो मोसो दलेको आरोपमा ५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

अवैध लागूऔषधसहित चार जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

प्रहरी जवान हत्या प्रकरण: ६ जना पक्राउ

इरानमा दुई महिलासहित सात जनालाई फाँसी