सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कर्तव्य ज्यान मुद्दाका फरार युवक २० वर्षपछि पक्राउ

२०८१ बैसाख २७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : कर्तव्य ज्यान मुद्दामा फरार रहेका नुवाकोटको शिखरवेशीका एक युवक २० वर्षपछि पक्राउ परेका छन्।

हत्याको घटना पश्चात फरार रहेका प्रतिवादीलाई नुवाकोट प्रहरीले लुकिछिपी बसिरहेको अवस्थामा २० वर्षपछि पक्राउ गरेको हो।

गत २०६१ साल कात्तिक २९ गते राती सांढे आठ बजेको समयमा साविक शिखरबेशी गाबिस ८ हाल दुप्चेश्वर गाउंपालिका ७ का २७ वर्षीय पेम्वा तामाङको हत्या गरेको मुद्धाका आरोपी तत्कालीन शिखरबेशी गाबिस ९ हाल दुप्चेश्वर गापा ७ शिखरबेशी वाईवाटोल बस्ने ५३ वर्षीय मिनबहादुर भन्ने मिमबहादुर तामाङलाई पक्राउ गरिएकको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

मिनबहादुरसमेतले पेम्वा तामाङलाई धारिलो हतियार खुकुरी, लाठ्ठी समेतले प्रहार गरी कर्तव्य गरी मारी फरार रहेकोमा लुकीछिपी बसि रहेको भन्ने जानकारी अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटी गई खोजतलास गर्ने क्रममा काठमाडाको कागेश्वरी मनोहरा नपा ८ गोठाटारबाट पक्राउ गरी नुवाकोट जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान कार्य भई रहेको प्रहरी नायव उपरिक्षक तीलक भारतीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

खैरो हेरोइनसहित दुई जना युवा पक्राउ

सुन लुटपाट गर्ने दुई पक्राउ

धनुषाबाट चार जना किशोर किशोरी उद्धार

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ

ससुरा बुहारीलाई कालो मोसो दलेको आरोपमा ५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

अवैध लागूऔषधसहित चार जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

प्रहरी जवान हत्या प्रकरण: ६ जना पक्राउ

इरानमा दुई महिलासहित सात जनालाई फाँसी

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

धनमाल चोरीमा संलग्न गिरोह पक्राउ