सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बालमन्दिरको जग्गा कसरी भयो हिनामिना ? को-को छन् संलग्न ?

२०८१ बैसाख २८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जिल्ला अदालत काठमाडौंबाट बालमन्दिरको जग्गा हिनामिना प्रकरण पक्राउ पुर्जी जारी भएका नेपाल बाल संगठनका पूर्वअध्यक्ष रीता सिंह वैद्यसहित २० जनालाई पक्राउ गर्न प्रहरीले निगरानी बढाएको छ।

काठमाडौंको नक्सालस्थित संगठनको जग्गा हिनामिनाका साथै ठगी गरेको अभियोगमा अध्यक्ष सिंह वैद्यसहित २० जना पूर्वपदाधिकारीलाई प्रहरीले खोजतलास तीव्र पारेको छ। पक्राउ पुर्जी संगठनका पूर्वपदाधिकारी र बृहस्पति विद्यासदनका पूर्वअध्यक्ष एवं सञ्चालकहरू छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी उपरिक्षक होबिन्द्र बोगटीका अनुसार, पक्राउ पुर्जी जारी भएका २० जनाको खोजतलास भइरहेको छ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले निगरानी बढाएको हो। संगठनका तत्कालीन अध्यक्ष रीता सिंह, तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, तत्कालीन महासचिव गणेश भक्त श्रेष्ठ, तत्कालीन उपमहासचिव सुमन शाक्य तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। त्यस्तै पक्राउ पुर्जी जारी भएका पूर्वमहासचिवहरू श्यामकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोनेलाई पनि प्रहरीले खोजिरहेको छ।

संगठनका पूर्वउपाध्यक्ष योगेन्द्रबहादुर शाही, पूर्वकोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ, पूर्वउपकोषाध्यक्ष दीपकदास श्रेष्ठ, बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का पूर्वअध्यक्षहरू चिरञ्जीवी तिवारी, पुरुषोत्तमराज जोशी, बृहस्पति विद्यासदनका तत्कालीन सञ्चालकहरू प्रवीणराज जोशी, मुरारी निधि तिवारी, श्रद्धा संघाइ, अभिनव सिंघानिया, सिद्धार्थ केडिया, कीर्तिप्रसाद पाण्डेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

यसअघि बाल संगठनको जग्गा हिनामिना गरेको अभियोगमा सीआईबीमा जाहेरी परेको थियो। प्रहरीले यस विषयमा अनुसन्धान अघि बढाइरहेको अवस्थामा पक्राउ पुर्जी पनि जारी भएको सीआईबीले जनाएको छ।

कसरी भयो ठगी ?

सीआईबी प्रवक्ता बोगटीका अनुसार, बालमन्दिरलाई हानिनोक्सानी पुर्या‍एको ठगी गरेको र लामो समयसम्म सम्झौता गरी कम भाडादरमा बाल संगठनलाई हानिनोक्सानी पुर्या‍एको अभियोग छ।

२०४९ सालमा भाडामा लिएको जग्गामा निजी स्कुल बृहस्पति विद्यासदन सञ्चालन भएको थियो। २०४८ सालमा राजनीतिक नियुक्तिबाट रीता सिंह वैद्य बाल संगठनकी अध्यक्ष बनेकी थिइन्। उनी २०७७ सालसम्म अध्यक्ष भइरहिन्।

२०४९ सालदेखि २०७२ सालसम्म पटक–पटक न्यून भाडा रकम सम्झौता गरेको अभियोग छ। यसअघि २०८९ सालमा सकिने सम्झौता भएकोमा सञ्चालक समितिले २०७२ सालमै पूरक सम्झौता गरेको पाइएको छ। बदनियतपूर्ण तवरमा म्याद समाप्त नभई नवीकरण गरेको २१ सय ३२ सालसम्मका लागि भोगचलन गर्ने गरी समय थप गरिएको थियो। करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ भाडा तिर्ने गरी पछिल्लो सम्झौता भएको जनाइएको छ।

सीआईबीका प्रवक्ता बोगटीका अनुसार, यस प्रकरणमा अनुसन्धान जारी भएकाले थप बुझ्नका लागि पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई खोजतलासलाई तीव्र पारिएको छ। अन्नपुर्ण

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिदेशीय व्यापारिक सडकमा बेलिब्रिज

सुर्तीमा कर बढाउन नदिन उद्योगीको हस्तक्षेप

पन्ध्र बिघा सरकारी जग्गा व्यक्तिका नाममा

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, संसद् अवरोध गर्ने कांग्रेसको संकेत

संसदीय छानबिन समितिको कार्यादेशमा कसरत

७६ जिल्लामा द्रुत गतिको इन्टरनेट सेवा

अतिक्रमण गरेर बनाइएका ५१ घर–टहरा भत्काइए

गिरीबन्धु टी स्टेट प्रकरण: को हुन् खर्बौंका जग्गा हत्याउने योजनाका मुख्य सूत्रधार ?

बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै

बजेटमा दोहोरोपन नल्याउन प्रदेश सरकारलाई आग्रह

‘अध्यादेशबाट बजेट ल्याउने स्थिति आओस् भन्ने चाहेको छैन’

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार