सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पार्टी फुटले सरकारलाई कुनै असर गर्दैन : उपप्रधानमन्त्री यादव

२०८१ बैसाख २८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको  फुटले सरकारलाई कुनै असर नगर्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उपप्रधानमन्त्री यादवले भन्नुभयो, “हामी स्थिर सरकारका पक्षमा छौँ, हामीले जहिले पनि स्थिरता खोजेका छौँ, त्यो दायित्वबाट पछि हट्दैनाँै, हामीले सरकारलाई दिएको समर्थन जारी छ, हाम्रो कारणले सरकार ढल्दैन, हामी सरकार ढाल्ने खेलमा लाग्दैनौँ ।”

जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री यादवले आफ्नो पार्टीले राजनीतिक स्थिरता, सुशासन, विकास, समृद्धि र सङ्घीय गणतन्त्रको स्थायित्व खोजेकाले सरकार ढाल्ने खेलमा नलाग्ने बताउनुभयो । उहाँले पार्टी फुटाएको विषयमा सर्वोच्च अदालतमा न्यायका लागि जाने बताउनुभयो ।

उपप्रधानमन्त्री यादवले भन्नुभयो, “म सरकारको प्रतिनिधित्व गरेर विदेश गएको बेलामा यहाँ षडयन्त्र गरेर पार्टी फुटाइयो, पार्टी फुटाएको विषयलाई लिएर हामी आइतबारसम्म सर्वोच्च अदालबाट कानुनीरुपमा चुनौती दिन्छौँ, सर्वोच्चले पक्कै न्याय दिनेछ र पार्टी फुटलाई बदर गर्नेछ ।”

पार्टी फुटाएर षडयन्त्रपूर्वक अस्वाभाविक, सिद्धान्तबिहन रुपमा अनैतिक र असंवैधानिक कार्य गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले अदालतले पार्टी फुटलाई बदर गर्ने विश्वास रहेको बताउनुभयो । नयाँ पार्टीको नाम, झण्डा र लोगो एउटै भएको अवस्थामा अघिल्लो दिन साँझ आवेदन लिएर भोलिपल्ट पार्टी दर्ता गराएको उहाँको आरोप थियो ।

“पार्टी फुटाएर लोकतन्त्र कमजोर पार्ने तथा देशमा अस्थिरता ल्याउन खोजेको देखियो”, उपप्रधानमन्त्री यादवले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शिक्षकले राजनीति नगरौँ : उपमहासचिव पोखरेल

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : महासचिव गुरुङ

धनराजको माग- रवि लामिछानेलाई अवहेलना मुद्धामा कारवाही होस्

विश्वासको मत लिदा सत्ता पक्षका तीन सांसद अनुपस्थित

संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा

कांग्रेसले बोलायो संसदीय दलको बैठक

गृहमन्त्रीले लगाएका आरोप कपोलकल्पित : कांग्रेस

विश्वासको मतको पक्षमा मतदान गर्न रास्वपाले जारी गर्यो ह्वीप

जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

एमाले बाँकेको अध्यक्षमा गुरुङ

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित

कांग्रेस प्रदेशको भाषा, साहित्य, कला, संस्कृति विभागद्वारा बैठक आह्वान