काठमाडौं : यू–१८ साफ च्याम्पियनसिप समूह चरणको अन्तिम खेलमा समुह A मा रहेको नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
आईतबार अपराह्न ३ बजेदेखि शसस्त्र प्रहरी बलको हलचोकस्थित खेल मैदानमा हुने खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि भएको खेलमा नेपाल र माल्दिभ्सको अंक बराबरी रहेको छ भने आज भुटानसँगको खेल जितेमा नेपाल सेमिफाईनलमा पुग्नेछ ।
सन् २०१५ र २०१७ को यू–१८ साफ च्याम्पियनसिपको उपाधि नेपालले हात पारेको थियो । यो खेलमा पनि नेपाल उपाधि जित्ने लक्ष्यमा छ ।