सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सपनामा दन्किएको चिता देख्नु भयो ? यस्तो दिन्छ संकेत

२०७७ असार १९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सपनामा देखिएका कतिपय कुरालाई ध्यान दिन सकियो भने भविष्यमा आइपर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ भने आगामी दिनमा जीवनमा के हुँदैछ भन्ने जानकारी पाउन सकिने धार्मिक विश्वास रहेको छ ।

सपनामा देखिएका कतिपय घटनाले तपाईको आगामी दिनको अवस्थाको बारेमा जानकारी दिने धार्मिक विश्वास रहेको छ । सपनामा देखिने कतिपय जीव जनावर, वस्तु, सामाग्रीले के अर्थ दिन्छन् त ?

माकुरा: माकुराले टोकेको सपना देखे रोग लग्न सक्छ।
भिक्षा: सपनामा भिक्षा लिएको-दिएको दुवै अशुभ हुन्छ। गरीबीले सताउन सक्छ।

धुँवा: धन नाश, व्यपारमा हानी, मानसिक सन्ताप र प्रियजन विछोड हुन्छ।
वर्षा: घनाघोर वर्षा देखे गृह कलह र मित्र विछोड हुने संकेत हो।

बिरालो: सपनामा बिरालो देखिए शत्रु बढ्छ।
हिलो: हिलोमा फसेको देखे कष्ट र अपव्यय हुन्छ।

तारा: तारा खसेको देखे विपत्ती आइलाग्ने संकेत हो।
फलामे वस्तु: सपनामा फलामका भाँडा वा वस्तुहरु देखिनु अशुभ हुन्छ। विपत्ती आउने संकेत हो।

गाई: पितृ दोष तथा दु:ख कष्ट आइपर्ने।
दियो: दियो दान दिएको देखेमा घरवार नाश हुन्छ।

देवता: देवता रिसाएको देखे धर्मको हानी हुन्छ।
जमिन: जमिन हल्लिएको सपनामा देखे सरकारी मुद्दा लागेर जेल जानुपर्ने हुन्छ।

नर्क: नर्कमा परेको देखे अकस्मात आपत आई नोक्सान हुन्छ।
दुध : दुध खाएको देखे शोक पर्छ। आपत पर्छ।

भोक: आफु भोको भएको देखे विपत्ति आउँछ।
आँखा: आँखा फुटेको देखे परिवारमा नोक्सानी हुने सम्भावना हुन्छ।

कपाल: कपाल देख्नु अशुभ हुन्छ। युद्ध, मुद्दा मामिलामा पराजय हुन्छ। कपाल झरेको देखे ॠण पनि लग्न सक्छ।
आकश: रातो रङ्गको आकाश देखे कष्ट, दु:ख, भय उत्पन्न हुन्छ।

आकाश: आकाशमा आँधी, तुफान, धुलो देखिए देशमा लडाई वा प्राकृतिक विपत्ति आउन सक्छ। आकाशबाट झरेको देखिए सामाजिक आपमान हुने वा समाजबाट आपहेलना वा निष्काशित हुन सक्ने सम्भावना हुन्छ ।

अन्धकार: अन्धकार वा अँध्यारो गुफा देखे रोग लाग्ने डर हुन्छ।
चिता: दन्किएको चिता देख्नु अशुभ मानिन्छ

पानी: पानी परिरहेको सपना देखे विरामी हुने संकेत हो।
ढोका: ढोकामा आगो लागेको देखे घर वर्वाद, विरामी र धन नाश हुन्छ।

कपास: कपासकोबोट देखे रोगको डर हुन्छ।

फूल: रातो फूल देखे कष्ट हुन्छ।
विवाह: वैवाहिक उत्सव देखिनु अशुभ मानिन्छ।

घर: घर लडेको देखे गृहस्थी जीवन तहसनहस हुन्छ ।
दाँत: दाँत झरेको वा भाँचिएको सपना देखे दुख र झन्झट आइलाग्छ।

सपनामा देखिएका कतिपय कुरालाई ध्यान दिन सकियो भने भविष्यमा आइपर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ भने आगामी दिनमा जीवनमा के हुँदैछ भन्ने जानकारी पाउन सकिने धार्मिक विश्वास रहेको छ ।

सपनामा देखिने कतिपय जीव जनावर, वस्तु, सामाग्रीले के अर्थ दिन्छन् त ! जस्को बारेमा केही जानकारी माथी दिईसकेका छौ । एजेन्सिको सहयोगमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कस्तो छ आज तपाईंको भाग्य ? हेर्नुहोस् राशिफल

तपाईंको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

जनकपुरधाममा आज होली मनाइँदै, मधेस प्रदेशमा बिदा

नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू

धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी

आज मंगलवार कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

मधेस प्रदेशका सभामुख मण्डल महामूर्ख

सभ्य बन्दै होली

बिक्दैनन् दारबाट बनेका ठेकाठेकी

परम्परागतरुपमा होली मनाउँदै कञ्चनपुरका थारु समुदाय

मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदै

सय बर्ष पछि फागु पुर्णिमामा चन्द्रग्रहण तर नेपालमा भने देखिने छैन