सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मिस नेपाल पिसको उपाधि नर्स विधी लम्साललाई [फोटो फिचर]

२०८१ जेठ ६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यस वर्षको मिस नेपाल पिसको उपाधि विधी लम्सालले पाएकी छिन्।

नर्सिङ पेशामा रहेकाहरुका व्यक्तिगत विशेषतालाई लिएर भएको प्रतियोगितामा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै नर्स लम्सालले मिस नेपाल पिस २०२४ को ताज पहिरिएकी हुन्।

नेक्स्ट मोडल्स नेपालको आयोजनामा भएको प्रतियोगितामा प्रतियगोगी नम्बर १९ की लाम्सालले उपाधि चुमेकी हुन्। काभ्रेपलाञ्चोककी लाम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छिन्। नर्सिङ पेशालाई

सकारात्म उर्जाका साथ अगाडि बढाउने लक्ष्य लिएमी लम्साललाई हाइकिङ गर्न रुचि लाग्छ। लम्सालले प्रतियोगितामा विजेताको टाइटलसहित बेस्ट पर्सनालिटीको टाइटल पनि जितेकी छिन्।

प्रतियोगितामा अनिसा पराजुली फस्ट रनरअप भएकी छिन्। प्रतियोगी नम्बर २२ की पराजुली नयाँ ठिमी भक्तपुरकी हुन्। उनी हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा साइकियाट्रिक नर्सिङमा मास्टर अध्ययनरत छिन्। उनले मस्ट इन्टेलेक्च्युअलको टाइटल पनि जितेकी छिन्।

यसैगरी, पला रेग्मी सेकेन्ड रनरअप भएकी छिन्। सामाखुसी निवासी रेग्मी पिसिएल नर्सिङ उत्तीर्ण हुन्। उनले विनायक कलेज अफ हेल्थ साइन्सबाट नर्सिङ अध्ययन गरेकी हुन्। उनले मस्ट चार्मिङको टाइटलि पनि जितेकी छिन्।

यसैगरी, प्रतियोगितामा मोनिका थापा मगरले स्पेसल अवार्ड नर्स विथ व प्रपोज, मस्ट फोटोजेनिक र बेस्ट स्किनको टाइटल सदिति श्रेष्ठ, मस्ट पपुलर र पब्लिक च्वाइस लस्ता श्रेष्ठ, मिस फिटनेस सलिना बादे र मस्ट ट्यालेन्ट दिव्या बम ठकुरीले जितेकी छिन्।

प्रतियोगितामा नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डा सुवास आचार्य, डा सुजिता हिराचन, डा स्मृति मास्के, सजना केसी र टिकाराम बुढाथोकी निर्णायक मण्डलमा थिए। स्वास्थ्यखबरसँगको सहकार्यमा हुन लागेको उक्त प्रतियोगीताको प्रायोजन एनक्लेक्स नेपाल हो। सशक्त महिला, सवल राष्ट्र’ भन्ने नारासहित प्रतियोगिता आयोजना हुँदै आएको छ। स्वास्थ्यखबरबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पुटिन-किमको मित्रता, पालै पालो लक्जरी कार चलाएको देखिए ! {र्फोटोफिचर}

धमाधम पदमार्ग निर्माण गरिँदै

असारसँगै धान रोपाइँ सुरु

जापानको नेवाः वगैंचामा पुष्प मेला {फोटोफिचर}

“झिगु ख्वप“ को प्रदर्शनी सुरू {फोटोफचर}

माथिल्लो मिलिचौरमा चर्दै भेडाबाख्रा

डालासमा नेपाली क्रिकेट समर्थकको उत्साह (फोटो फिचर)

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ फेवातालमा

संसद भवनमा राष्ट्रपतिको स्वागतको रिहर्सल (फोटो फिचर)

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट {फोटोफिचर}

केपी ओलीको अँगालोमा सुहाङ {तस्बिरहरु}

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम {तस्बिरहरु}