सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सरकारसँगको लडाइँपछि युवतीले जितिन् इच्छा मृत्युको अनुमति, अब पाउँछिन् मर्न

२०८१ जेठ ६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारसँग लामो समयको लडाइँपछि नेदरल्याण्ड्सकी २९ वर्षीया युवतीले इच्छा मृत्युको अनुमति पाएकी छन् । जोरया टेर बेक नामकी युवतीले इच्छा मृत्यु पाएकी हुन् ।

जर्मनीको सिमाना नजिकै नेदरल्याण्डमा बस्दै आएकी उनले साढे तीन वर्षदेखि नेदरल्याण्ड प्रशासनसँग इच्छा मृत्युका लागि लड्दै आएकी थिइन् । द गार्डियनका अनुसार लडाइँ जितेसँगै यो महिना उनको मृत्यु हुने भएको हो । जोराया लामो समयदेखि अटिजम र असहनीय मानसिक समस्यासँग संघर्ष गरिरहेकी थिइन् । अटिजम भएको व्यक्तिले आफैलाई प्रहार गर्छ र चोट पुर्याउँछ ।

उसलाई आत्महत्या गर्ने सोच आइरहन्छ । जोरायोले अब आफ्नो समस्याको समाधान नभएको महसुस गरिन् । जसका कारण उनले इच्छा मृत्युको माग गरेका थिए । जोराया शारीरिक रूपमा पूर्ण रूपमा फिट छिन् । यस्तो अवस्थामा उनको इच्छा मृत्युको स्वीकृतिमा प्रश्न उठिरहेको छ । मानसिक रोगबाट ग्रसित मानिसहरूले इच्छा मृत्युलाई अपनाउने गरेको बताउँछन् ।

उनी क्रोनिक डिप्रेसन, एन्जाइटी, ट्रमा र पर्सनालिटी डिसअर्डर जस्ता समस्याबाट ग्रसित हुन थालेकी थिइन्र । यसबाहेक उनलाई अटिजमको समस्या थियो । जोरायाले आफ्नो रोगसँग लड्न इलेक्ट्रोकन्भल्सिभ थेरापीको ३० भन्दा बढी उपचार गराइन् । यसमा बिरामीलाई विद्युतीय झटका दिइन्छ । तर उनको स्वास्थ्यमा कुनै सुधार आएको छैन । जोरायाले गार्जियनलाई भनिन्, ‘उपचार सुरु गरेपछि सबै ठिक हुन्छ भन्ने आशा छ तर समयसँगै त्यो आशा पनि हराउन थाल्यो ।’

१० वर्षसम्म विभिन्न विधिबाट उपचार गराएपछि अन्ततः निराश भएर स्वस्थ जीवन जिउने आशा त्यागेको जोरायाले बताइन् । त्यसपछि उनले इच्छा मृत्युका लागि आवेदन दिए । उनले इच्छा मृत्यु हासिल गर्न त्यति सजिलो नभएको बताइन् ।

इच्छा मृत्युलाई वैधानिकता दिने पहिलो राष्ट्र नेदरल्याण्ड्स हो । त्यहाँ सन् २००१ मा इच्छामृत्युलाई कानूनी मान्यता दिइएको थियो । नेदरल्याण्डमा इच्छा मृत्युको स्वीकृति पाएपछि चिकित्सकहरूले सम्बन्धित व्यक्तिको घरमा अन्तिम मिनेटको प्रक्रिया गर्छन् । यो क्रममा बिरामीलाई विशेष प्रकारको इन्जेक्सन दिइन्छ ।

चिकित्सकको अलिकति पनि लापरवाही देखिए १२ वर्षसम्म कैद हुन सक्छ । सन् २०२२ मा नेदरल्याण्डमा कूल ८५०१ मानिसहरूले यस कानूनी विधिमार्फत आफ्नो जीवन बलिदान दिइसकेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय लोकसभामा एक मात्र पतिपत्नीको जोडी निर्वाचित

गर्मीमा किन सुपर फुड मानिन्छ बेल ?

गर्मीमा किन बढी रिस उठ्छ ? यस्तो छ वैज्ञानिक कारण

मरेको मानिसलाई जीवित गर्ने प्रयास: अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो

गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?

के हो मेट गाला ?

छोरालाई सुहाउने बुहारी बनाउन ११ वर्षिया बालिकालाई अपहरण

ओस्कार बिजेता हलिउड अभिनेत्री भन्छिन्- ‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’

इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…

जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे….