सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

करणीसम्बन्धी कसूरका आरोपी पक्राउ

२०७७ असार २०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसूर तथा करणीसम्बन्धी कसुरका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको छ ।

वन डिभिजन कार्यालय, अत्तरिया कैलालीमा वन अधिकृत पदमा कार्यरत रहँदा उक्त कसूर गरेको आरोपमा धनगढीका रामनारायण यादवलाई काठमाडौँबाट पक्राउ गरिएको हो । यादवविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसूरका साथै करणीसम्बन्धी कसूर गरेको आरोपमा गत जेठ ५ गते प्रहरीमा उजुरी दर्ता भएको छ ।

उक्त कसूरमा पक्राउ गरी अनुसन्धान भइरहेको अवस्थामा यादव रक्तचाप, मधुमेहसमेतको बिरामी भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपश्चात थप उपचार गराउनुपर्ने भएकाले छोरा रवीन्द्रको जिम्मा जमानीमा छाडिएकोमा त्यसपछि दुबै जना फरार हुँदै आएको प्रहरीले जनाएको छ ।

कैलाली प्रहरीले गरेको पत्राचारअनुसार खोजतलासको क्रममा काठमाण्डौँ महानगरपालिका ३५, पेप्सीकोलास्थित टाउन प्लानिङमा लुकीछिपी बसेको अवस्थामा उनलाई शुक्रबार पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पक्राउलगत्तै उनलाई थप कानूनी कारवाहीका लागि शुक्रबार नै जिल्ला प्रहरी कार्यालय, कैलाली पठाइएको सिआइवीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ