सदाबहार खबरको रफ्तार ....
फागुण १४, २०८० सोमबार
February 26, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

२ थान हतियार, गृनेट र गोली सहित विप्लवका भोजपुर जिल्ला सेक्रेटरी पक्राउ

२०७६ असोज ५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिबन्धित नेकपा विप्लव समुहका जिल्ला इन्चार्ज हतियार सहित पक्राउ परेका छन् । भोजपुर जिल्लाको भोजपुर न.पा. वडा नम्बर १० का बम बहादुर विष्ट (ज्वाला) लाई प्रहरीले हतियार, गृनेट र गोली सहित आईतबार बिहान भैसिपंखा स्थित गजुरमुखि भिर नजिकबाट पक्राउ गरेको हो ।

भोजपुरका जिल्ला सेक्रेटरीको जिम्मेवारीमा रहेका बिष्टको साथबाट प्रहरीले १ थान गृनेट, २ थान अटोमेटिक पेस्तोल र म्याग्जिन र उक्त पेस्तोलमा लाग्ने १० राउण्ड गोलि तथा विभिन्न  दस्ताबेजहरू, ५ हजार ९ सय ७० रूपैया नगद, ४ थान डायरी, २ थान मोबाइल तथा १२ वटा सिमकार्ड सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय भोजपुरमा अनुसन्धानको लागी राखेको प्रहरीले जनाएको छ ।

गत असार २५ गते प्रहरी र विप्लवका कार्यकर्ताबीच सदरमुकाम हटिया लाइनमा भिडन्त भएको थियो ।  त्यस यता प्रहरीले उक्त समुहको खोजी तिब्र पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संसद भवनको सुरक्षार्थ खटिएको प्रहरी टोलीको जिम्मेवारी खोसियो

शौचालय जान्छु भनेर निस्किएकी महिला पाँच दिनदेखि सम्पर्कविहिन

बझाङमा एक जना मृत फेला

सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका साहको परिवारलाई सरकारले १० लाख दिने

दुर्घटना न्यूनीकरणका लागि दाङमा टाइमकार्ड लागू

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

सीमा क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्था गर्न माग

मंगलबार गुल्मीका ४ स्थानीय तहमा सार्वजनिक बिदा

तीन मन्त्रीको राजीनामा वा बर्खास्तीको माग राखेर सदन अवरुद्ध

डीआईजी पोखरेल एक्सनमा : व्यापारी ठग्ने दुई प्रहरी खाेरमा, ३१ थान मोबाइल बरामद

जङ्गली जनावरबाट किसानलाई बाली जोगाउन सकस

यस्तो छ कालिमाटीकाे तरकारी तथा फलफूलको मूल्य