सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मेयर बालेनको दाबी: सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरे

२०८१ जेठ १८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले अहिले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन्। मेयर शाहका अनुसार न्यूरोडमा तीन फिट फुटपाथ बढाउन लागिएको हो।

‘न्यूरोडमा जसले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले तीन फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन्,’ शुक्रबार मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्, ‘सडकमा तीन फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर गाडी गुड्न साँघुरो नहुने तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी गुड्नै साँघुरो हुने कसरी हुन्छ?’

उनले सडक विभागले बनाएको मापदण्डअनुसार दैनिक एक लाख मानिस आवतजावत गर्ने सडक फुटपाथ कत्रो चाहिन्छ हेर्न पनि आग्रह गरेका छन्। सडक विभागले त्यो मापदण्ड पालना गर्न बनाएको हो कि होइन भन्ने पनि सोध्नुपर्ने उनको भनाइ छ।

‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्यूरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ,’ उनले भनेका छन्।

विकास गर्ने हो भने र बदलिदो समयमा न्यूरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउन जुट्नुपर्ने मेयर शाहको भनाइ छ। काठमाडौं महानगरले न्यूरोड क्षेत्रका सडक बिनाअनुमति काटेको भन्दै सडक विभागले महानगरलाई पत्र नै पठाएको छ। यही कारण महानगर र सडक विभागबीच टसल देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विश्व बैंकको लगानीमा सडक स्तरोन्नति गरिँदै

बारा हत्या प्रकरण: घटनाको मुख्य अभियुक्ततर्फ अनुसन्धान अगाडी बढाउन प्रहरी असफल

सागसब्जी बेचेर पर्वतको शालिजावासी भित्र्याउँछन् पाँच करोड

पहिराले डुम्रे-बेंसीसहर सडक पुनः अवरुद्ध

कस्तो छ आजको मौसम पूर्वानुमान ?

पर्सा प्रहरीद्वारा ७१२ बोरा युरिया मल बरामद

जीतपुरसिमारा नगरसभा: गणपुरक संख्या नपुगेपछि दोश्रो पटक स्थगित

उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन

५ वर्षसम्म पनि बनेन गान्धी मनमोहन मार्ग

पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

मिथिलाका २१ जोडीद्वारा दाइजोमुक्त सामूहिक अन्तरजातिय विवाह

म्याग्दीको हिलापोखरीमा सिँचाइ आयोजनाको पक्की नहर