सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टी–२० विश्वकपमा आतंककारी आक्रमणको धम्कीपछि सुरक्षा व्यवस्था कडा

२०८१ जेठ १८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आईसीसी टी–२० विश्वकपमा भारत र पाकिस्तानबिचको खेलका क्रममा आतंककारी हमलाको धम्की आएपछि न्यु योर्कमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।

विश्वकप सुरु हुनुभन्दा निकैअघि उक्त खेलका क्रममा आतङ्ककारी हमलाको चेतावनी दिइएको थियो । टी–२० विश्वकपमा भारत र पाकिस्तानबिचको खेल जुन ९ तारिखमा न्यु योर्कको आइसनहोवर पार्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिँदैछ । आतङ्ककारी आक्रमण धम्की आएपछि सुरक्षा व्यवस्था निकै कडा बनाइएको स्थानीय प्रशासनले जनाएको छ ।

आतंकवादी संगठन आईएसआईएस खोरासनले एक भिडियो सार्वजनिक गर्दै भारत र पाकिस्तानबिचको खेलका क्रममा आक्रमणको चेतावनी दिएको हो । उक्त भिडियोमा खेलका क्रममा ‘लोन उल्फ’ आक्रमण गर्ने धम्की दिइएको छ ।

‘लोन उल्फ’ आक्रमण भनेको कुनै एक व्यक्तिलाई प्रयोग गरेर गरिने आतङ्ककारी आक्रमण हो । न्यु योर्कका गभर्नर क्याथी होचलका अनुसार, विश्वकपका क्रममा कुनै गम्भीर खतराको सङ्केत देखिएको छैन । उनका अनुसार सुरक्षा व्यवस्थालाई भने निकै कडा पारिएको छ ।

विश्व क्रिकेटमा यसअघि पनि पटक–पटक आतङ्ककारी हमला भएको छ । सन् २००९ मा श्रीलङ्काली टोली तीन टेस्ट र पाँचवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाकिस्तान भ्रमणमा गएको थियो ।

यसै क्रममा मार्च ३ तारिखमा दोस्रो टेस्टको तेस्रो दिन गद्दाफी स्टेडियम नजिकै श्रीलङ्काली खेलाडी सवार बसमा आतंककारी आक्रमण भएको थियो । त्यतिबेला १२ जनाको समूहले श्रीलङ्काली खेलाडी सवार बसमा गोल चलाएका थिए ।

त्यो हमलामा परेर श्रीलङ्काली टोलीका कप्तान माहेला जयाबद्र्धने, कुमार सांगाकार लगायतका सात जना चर्चित खेलाडी घाइते भएका थिए । पाकिस्तानका ६ सुरक्षाकर्मी र दुईजना सर्वसाधारणको मृत्यु पनि भएको थियो । त्यो घटनापछि लामो समयसम्म कुनै पनि देशका खेलाडी पाकिस्तानमा क्रिकेट खेल्न गएका थिएनन् ।

यसैगरी, सन् २००२ मा न्युजिल्यान्डको क्रिकेट टोली पाकिस्तान भ्रमणमा भएको थियो । सुरुको तीनवटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल पाकिस्तानले जितिसकेको थियो । त्यसपछि खेलिएको पहिलो टेस्टमा पनि पाकिस्तान विजयी भएको थियो ।

दोस्रो टेस्ट कराँचीमा खेलिने कार्यक्रम रहेको थियो । दोस्रो टेस्टका लागि न्युजिल्यान्डका खेलाडीलाई स्टेडियमसम्म पुर्याउन होटल अगाडि बस रोकिएको थियो । तर, खेलाडी बसमा सवार हुनुअघि नै त्यो बसमा भयानक विस्फोट भएको थियो ।

त्यतिबेला घटनास्थल नजिकै रहेका १२ जना सर्वसाधारणको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए । त्यो घटनालगत्तै न्युजिल्यान्डको टोली पाकिस्तान भ्रमण रद्द गरेर स्वदेश फर्किएको थियो ।

यसैगरी सन् २०१९ मा बंगलादेशको क्रिकेट टोली न्युजिल्यान्ड भ्रमणमा गएको थियो । तीनवटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल र दुई वटा टेस्ट खेलिसकिएको थियो । शृङ्खलाको तेस्रो टेस्ट क्राइस्टचर्चमा खेलिने कार्यक्रम रहेको थियो ।

तेस्रो टेस्टअघि बंगलादेशका खेलाडीको लागि क्राइस्टचर्चस्थित अल नुर मस्जिदमा नमाज पढ्ने व्यवस्था मिलाइएको थियो । तर, बङ्गलादेशी खेलाडी पुग्नुअघि नै क्राइस्टचर्चको दुई वटा मस्जिदमा हमला भएको थियो ।

त्यतिबेला एक बङ्गलादेशी महिलाले खेलाडीलाई मस्जिदभित्र गोली चलिरहेको जानकारी दिएकी थिइन् । त्यो जानकारी पाएपछि बङ्गलादेश खेलाडी मस्जिदभित्र प्रवेश गरेनन् र बसको मुनि लुकेर आफ्नो ज्यान जोगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अवैध लागूऔषधसहित तीन जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भारतीय नम्बरको स्कार्पियो दुर्घटना, दुई जनाको मृत्यु

हात्तीको २ दारासहित ठोरीबाट ३ जना पक्राउ

जङ्गली च्याउ खाँदा मृत्यु

प्रहरीद्वारा एक करोडको सामान बरामद

हिन्दुजा परिवारका चार सदस्यमाथि नोकर शोषण गरेको आरोपमा जेल सजाय

भरूवा बन्दुकसहित दुई जना पक्राउ

भरूवा बन्दुकसहित दुई जना पक्राउ

चोरीमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

२ करोड ७१ लाख रुपैयाँबराबरको भेपसहित पाँच जना पक्राउ