सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालीले कसरी नि:शुल्क हेर्न सक्छन् टी-२० विश्वकपका खेल ?

२०८१ जेठ १८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आईसीसी टी-२० विश्वकप(T20 world cup 2024) सुरु हुन केहि दिन मात्र बाँकी छ । यसबीच क्रिकेटप्रेमीहरूलाई खेल कसरी हेर्न सकिन्छ भनेर कौतुहलता जागिसकेको छ ।

यसैबीच आईसीसीको व्यवस्थापन पक्षले विश्वकपका खेलहरूको प्रत्यक्ष प्रसारकको टुंगो लगाएको छ । आईसीसी टीभीबाट ८८ देशमा विश्वकपको खेल हेर्न पाइनेछ । जसमा नेपाल पनि पर्दछ । यो नि:शुल्क हुन्छ ।

नेपालको हकमा आईसीसी टीभी(ICC TV)सहित भारतीय च्यानलहरूबाट पनि सजिलै खेल हेर्न सकिनेछ । भारतको स्टार स्पोर्ट्सले खेल प्रसारण गर्नेछ । जुनबाट नेपालमा पनि सहजै हेर्न सकिनेछ ।

विश्वकप आयोजक देश अमेरिकामा विलो टिभीबाट खेल हेर्न सकिनेछ । क्यानडामा पनि विलोटिभीबाटै हेर्न पाइनेछ । सह-आयोजक वेस्ट इन्डिजमा ईएसपीएन क्यारिबियन र ईएसपीएन प्ले क्यारिबियन एपबाट प्रत्यक्ष हेर्न पाइनेछ ।

विश्वकपको उपाधि दाबेदार मानिने भारतमा स्टार स्पोर्ट्सले हिन्दी, तमिल, तेलुगु र कन्नड भाषामा प्रत्यक्ष प्रसारण गर्नेछ । यस्तै, पाकिस्तानमा पीटीभी र टेन स्पोर्ट्सबाट हेर्न मिल्छ । विश्वकपको सदाबहार दाबेदार अस्ट्रेलियामा अमेजन, प्राइम भिडिओबाट तथा न्युजिल्यान्डमा स्काई स्पोर्ट एनजेटबाट प्रत्यक्ष हेर्न पाइनेछ ।

यस्तै, इंग्ल्यान्डमा स्काई स्पोर्ट्स, स्काई स्पोर्ट्स क्रिकेट, स्काई स्पोर्ट्स मेन इभेन्ट, स्काई स्पोर्ट्स एक्सन र स्काईगो, नाउ र स्काई स्पोर्ट्स एपबाट प्रत्यक्ष हेर्न पाइनेछ । दक्षिण अफ्रिका, युगान्डा र नामिबियामा सुपरस्पोर्ट र यसको एपबाट हेर्न पाइनेछ ।

आईसीसीका अनुसार यूएईमा स्टार्जप्ले, क्रिकलाइभम्याक्स र क्रिकलाइभम्याक्स-२ बाट हेर्न पाइनेछ । श्रीलंकामा टीभी-१, सिरासा र शक्ति टिभीले विश्वकप देखाउनेछन् ।

जुन १ देखि सुरु हुने विश्वकपमा २० अन्तर्राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पत्रकार महासंघको चुनाव: हेर्नुहोस् को–को छन् मतदाता (सूचीसहित)

अन्तरिक्ष यात्रीलाई आइएसएसबाट फिर्ता ल्याउन फेरी अन्योलता

सूचना प्रविधि क्षेत्रको १० वर्षे गुरुयोजना बनाउछौं: मन्त्री शर्मा

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

रञ्जना लिपि सिकाउने भिडियो र नेपालभाषा शब्दकोष एप सार्वजनिक

क्लासिक टेकको भुक्तानी सेल पे वालेटमार्फत बुलेट सरर, इन्टरनेट टिभी फरर अफर सार्वजनिक

एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालन

एनभिडिया संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्यो

मिडिया काउन्सिल विधेयकलाई संविधानको मर्मअनुरुप अगाडि बढाउन सुझाव

जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै

ज्येष्ठ नागरिकको राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक घरमै गर्ने व्यवस्था मिलाउन माग