सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गर्मी बढेपछि आइतबारदेखि वीरेन्द्रनगरका विद्यालय बन्द

२०८१ जेठ १८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले यही जेठ २० गते आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

आज वीरेन्द्रनगरको तापक्रम करिब ४० डिग्री मापन भएको छ । गर्मीले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याब्सन सुर्खेतका अध्यक्ष बेदप्रकाश ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा हुनसक्ने असरलाई मध्यनजर गर्दै सामूहिक छलफलपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

यसैबीच, वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालय पनि बन्द गर्ने तयारी गरिएको छ । वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख धीरेन्द्र शर्मा लम्सालले गर्मी अत्यधिक बढेको भन्दै नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिएको जानकारी दिनुभयो । यसबारे आधिकारीक निर्णय भने भइनसकेको उहाँको भनाइ छ ।

“गर्मी बढेपछि हामीले नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिरहेका छौँ”, लम्सालले भन्नुभयो, “यदी वर्षा भई तापक्रम घट्यो भने विद्यालय बन्द हुँदैनन् । गर्मी यही अवस्था कायम रहे आइतबारदेखि विद्यालय बन्द गर्ने निर्णय गर्छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ

नक्कली परीक्षार्थी दाइलाई १० र भाइलाई ६ दिन कैद सजाय

त्रिविको जग्गा खोजबिन समितिद्वारा कार्यारम्भ

माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक कार्यतालिका सार्वजनिक

विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्छ : मुख्यमन्त्री सिंह

चेपाङ बालबालिकाको शिक्षाका लागि ‘मेयरसँग केयर’ कार्यक्रम

शिक्षक सरुवा र काजका नाममा हुने बेथिति रोकिँदै

विपन्नलाई पढाउन पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापना

उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

दलको सदस्यता त्याग्दै शिक्षक

शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँ: मन्त्री श्रेष्ठ

८२५ शिक्षकले राजनीतिक दलको सदस्‍यता त्याग गरेको शिक्षामन्त्रीको दाबी