सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रौतहटमा हावाहुरीले घरको छाना उडायो, दर्जनौं विद्युत पोल ढले

२०८१ जेठ १८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रौतहटस्थित विहीबार साझँ  आएको  हावाहुरीले कैयौं घरको छाना उडाएर लाखौँ बराबरको क्षती भएको छ।

चन्द्रपुर केन्द्रित हावा हुरीले कैयौं ठाउँको दर्जनौं विधुत पोल ढलेर विभिन्न ठाउँको विद्युत अवरुद्ध भएको छ । हावा हुरीले चन्द्रपुर नगरपालिका ६ स्थित सत्यनारायण भगतको घरको इलबेष्टरको छाना उडाउँदा ८ लाख बराबरको क्षती भएको छ।

त्यसैगरी वडा ५ का महिचन साह, रूपनारायण साह, प्रभुराज सिलवाल, रामाबिनय यादव, वडा ६ का भिमाबिर पहरी,४ का सुन्तली पहरी, का धर्मेन्द्र माझी, रामवीर माझी लगायतको घरको छाना उडाएर २० लाख ६० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।

चन्द्रपुरमा ५० भन्दा बढी विद्युत पोल ढलेको छ । हावा हुरीले  दर्जनौं बिजुलीको पोलका भाचिनुका साथै एउटा २०० केवीको ट्रानसफर्मरमा क्षती पुगेको छ। विद्युत पोल ट्रानफर्मार र अन्य उपकरण समेत गरि ३० लाख भन्दा बढीको क्षती भएको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताएका छन। हावाहुरीले गरेको क्षति बारे अनुगमन तथा भाँचेको पोल गाड्ने काम भईरहेको कारण चन्द्रपुरको अधिकांस स्थानमा विद्युत अवरुद्ध भएको प्रमुख यादवले जानकारी दिएका छन।

त्यसैगरी हावाहुरीले कटहरिया स्थित एउटा ११ केविको पोल ढलेको छ। हावाहुरीले फलफूल तथा अन्नबालीमा समेत क्षति पुर्याउँदा  किसानहरु मर्कामा परेका छन् । बिहीवार साँझको हावा हुरीले जिल्लाको अन्य स्थानमा सामान्य क्षती भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विश्व बैंकको लगानीमा सडक स्तरोन्नति गरिँदै

बारा हत्या प्रकरण: घटनाको मुख्य अभियुक्ततर्फ अनुसन्धान अगाडी बढाउन प्रहरी असफल

सागसब्जी बेचेर पर्वतको शालिजावासी भित्र्याउँछन् पाँच करोड

पहिराले डुम्रे-बेंसीसहर सडक पुनः अवरुद्ध

कस्तो छ आजको मौसम पूर्वानुमान ?

पर्सा प्रहरीद्वारा ७१२ बोरा युरिया मल बरामद

जीतपुरसिमारा नगरसभा: गणपुरक संख्या नपुगेपछि दोश्रो पटक स्थगित

उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन

५ वर्षसम्म पनि बनेन गान्धी मनमोहन मार्ग

पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

मिथिलाका २१ जोडीद्वारा दाइजोमुक्त सामूहिक अन्तरजातिय विवाह

म्याग्दीको हिलापोखरीमा सिँचाइ आयोजनाको पक्की नहर