सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

९० थान बाँदर धपाउने बन्दुक वितरण

२०७७ असार २१, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं:  तनहुँको म्याग्दे गाउँपालिकाले बाँदरपीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो ।

पहिलो चरणमा ९० थान बन्दुक वितरण गरिएको छ । वालिङ नगरपालिकाबाट रु २ लाख ५० हजार मूल्य बराबरको बन्दुक खरिद गरेर ल्याई कृषकहरुलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । बालीनाली खाएर कृषकले नोक्सानी बेहोर्नुपरेपछि कृषकलाई बन्दुक वितरण गर्ने निर्णय गरी उपलब्ध गराएको उहाँले बताउनुभयो ।

बाँदरले खेतीबाली खाइदिएपछि कृषकहरु गाउँपालिकामा आएर राहत चाहियो भन्दै आन्दोलन गर्ने गरेका थिए । उहाँले भन्नुभयो, ‘पहिलो चरणमा भेग मिलाएर आएको जति बन्दुक बाँडेका छौँ, अझै पनि मागअनुरूप पुगेको छैन, मगाएर वितरण गर्ने योजना बनाएका छौँ ।” गाउँपालिकाभित्र ८४ वटा टोल विकास संस्था आबद्ध छन् । एक टोलमा दुई वटाको दरले वितरण गर्नुपर्ने देखिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

गाउँपालिकाको घडेरी, सिम्ले, जामुनेभञ्ज्याङ, दोभान क्षेत्र, दीर्घु, बाख्रो, भोर्ले, साँघे फाँट आसपास क्षेत्र, हर्कपुर, विजयथुम, गाउँस्वाँरा, धैरेनी, सालघारीलगायतका क्षेत्रमा बाँदरले खेतीबाली खाएर सास्ती दिन थालेपछि कृषकहरुले पटकपटक गाउँपालिकामा आएर बन्दुक माग गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लोकमार्ग छेउछाउमा बढ्दै बस्ती

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु

कस्तो छ आजको मौसम ?

किसानलाई कृषि प्रविधि सिकाउन नमुना खेती

फोहरको वर्गीकरण गरी बन्चरेडाँडामा कम बिसर्जन गरिने

बैतडीमा विद्यालय गएकी बालिका मृत फेला

अनपढ भनेर कर्मचारीले हेप्न खोजेको कार्यबहाक मेयरको गुनासो

परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक

काठमाडौं महानगरले राखेको बोर्ड कसले हटायो ?

सकुशल भेटिइन् मेयर गोपाल हमालकी छोरी

वीरगञ्ज चिनी उद्योग पुनःसञ्चालन हुने आशामा पर्साका स्थानीय