सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

डालासमा नेपाली क्रिकेट समर्थकको उत्साह (फोटो फिचर)

२०८१ जेठ २३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः डालासको ग्रान्ड पिएरे क्रिकेट स्टेडियममा नेपालले प्रतिस्पर्धा गर्दा नेपाली टोलीको जर्सी र राष्ट्रिय झण्डा बोकेर नेपालको पक्षमा हुटिङ गर्नेको संख्या हजारौँ थियो ।

मङ्गलबार बिहानै देखि पन्चेबाजासहित समर्थकले नेपाली टोलीलाई साथ दिएका थिए । टेक्सासको डालासमा मात्र अहिले एक लाख सङ्ख्याको हाराहारीमा नेपाली बसोबास गर्दै आएका छन् । अन्य राज्यबाट समेत नेपालको खेल हेर्न नेपालीहरु डालास आएका थिए ।

सर्मथकमध्ये आइडाहोबाट आउनुभएका गणेश सापकोटाले जहाँ भएपनि नेपालको खेलहुँदा हर्ने गरेको बताउनुभयो । ‘‘सानैदेखि नेपालको क्रिकेट हेर्दै आएको छु । अमेरिकामा आएर नेपालले विश्वकप खेल्नु ठूलो कुरा हो । तर, जितेको भए अझै खुशी लाग्थ्यो,’’ नेपालकम बाग्लुङ घर बताउने सापकोटाले भन्नुभयो ।

यस्तै डालास बस्दै आउनुभएको गुल्मीका नारायण खत्रीले ग्रान्ड पिएरे मैदानमा पहिलो पटक कीर्तिपुरकै झल्को दिएको बताउनुभयो । सर्मथकमध्ये आइडाहोबाट आउनुभएका गणेश सापकोटाले जहाँ भएपनि नेपालको खेलहुँदा हर्ने गरेको बताउनुभयो । ‘‘खेल ठिकै थियो । ब्याटिङ नचल्दा नोपलले हारेको हो । एक सय ५० रन जति बनाउन सकेको भए । जित्थ्यो जस्तो लाग्छ,’’ खत्रीले भन्नुभयो ।

युलेसमा बस्दै आउनुभएका काभ्रेका हरि श्रेष्ठले नेपालको खेल हेर्न अफिस छाडेर आएको प्रतिक्रिया दिनुभयो । डाटा इन्जिनियर उहाँलाई नेपालको हरेक खेल टेलिभिजनमै भएपनि नहेरी चित्त बुझ्दैन ।

डालासमै बस्ने धनकुटाका योलो विवेक खड्का काम छाडेरै भएपनि नेपालले अन्य देशमा गएर खेल्ने सबै खाले खेल हेर्दै आएको बताउनुभयो ।

‘‘काम छाड्न तयार छु, तर नेपालको खेल छाड्न सक्दिन । नेपालको बाँकी खेल हेर्न फ्लोरिडा र वेस्ट इन्डिज पनि जानेछु । अमेरिकामा विश्वकप हुँदा निकै खुशी छु । नेपालले हरेक खेल जिते हुन्थ्यो,’’खड्काले भन्नुभयो । उहाँ श्रीलंकामा भएको एसिएन कप हेर्न अमेरिकाबाट श्रीलंका पुग्नुभएको थियो ।

डालासमा लामो समयदेखि बस्दै आउनुभएका दीपेन्द्र पोखरेल पिएरे स्टेडियममा नेपालीमात्र देख्दा आफुलाई अमेरिकामा सिंगो नेपाल प्रवेश गरेको बताउनुहुन्छ ।

नेपालले अघिल्लो साता ह्युस्टनमा विश्वकपकै अभ्यास खेल खेल्दा पनि उल्लेख्य नेपाली समर्थकले साथ दिएका थिए ।

गोरखापत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पुटिन-किमको मित्रता, पालै पालो लक्जरी कार चलाएको देखिए ! {र्फोटोफिचर}

धमाधम पदमार्ग निर्माण गरिँदै

असारसँगै धान रोपाइँ सुरु

जापानको नेवाः वगैंचामा पुष्प मेला {फोटोफिचर}

“झिगु ख्वप“ को प्रदर्शनी सुरू {फोटोफचर}

माथिल्लो मिलिचौरमा चर्दै भेडाबाख्रा

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ फेवातालमा

मिस नेपाल पिसको उपाधि नर्स विधी लम्साललाई [फोटो फिचर]

संसद भवनमा राष्ट्रपतिको स्वागतको रिहर्सल (फोटो फिचर)

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट {फोटोफिचर}

केपी ओलीको अँगालोमा सुहाङ {तस्बिरहरु}

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम {तस्बिरहरु}