सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

केही ब्रान्ड र सेलिब्रेटीका टिकटक अकाउन्टमा साइबर आक्रमण

२०८१ जेठ २३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः । टिकटकले केही ब्रान्ड र सेलिब्रेटीको टिकटक अकाउन्ट साइबर आक्रमण भएको जनाउँदै यसबारेमा आफूले सम्बोधन गरिरहेको जनाएको छ ।

चिनियाँ कम्पनी बाइट डान्सले सीमित मात्रामा अकाउन्ट ‘कम्प्रोमाइज’ भएको पाइएको उल्लेख गरेको छ । उसले आफू प्रयोगकर्ताहरूसँग मिलेर अकाउन्ट पुर्नस्थापना गर्न लागि रहेको समेत उल्लेख गरेको छ ।

टिकटकले त्यसभन्दा बढी थप जानकारी दिन चाहेन । जनाइएअनुसार एउटा कम्प्रोमाइज गरिएको अकाउन्ट सीएनएनको पनि हो । सीएनएनसँग मिलेर आफूले सो अकाउन्टमा पहुँच पुर्‍याउन लागिपरेको र थप सुरक्षा प्रबन्धको प्रयास भएको टिकटकले जनाएको छ ।

सीएनएनलाई यसबारेमा बीबीसीले जिज्ञासा राख्दा उसले प्रतिक्रिया गर्न चाहेन । टिकटकका अनुसार रियालिटी टीभीका स्टार पेरिस हिल्टनको अकाउन्ट पनि कम्प्रोमाइज गर्ने प्रयास गरिएको तर, उनको अकाउन्ट भने कम्प्रोमाइज नभएको जनाइएको छ । हिल्टनका १० मिलियनभन्दा बढी फलोअर्स छन् र उनी सो प्लेटफर्मको सक्रिय प्रयोगकर्ता हुन् ।

अमेरिकामा टिकटकको स्वामित्व बेच्नुपर्ने वा बन्द गरिने कानुन बनिसकेको छ । यद्यपि, राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्पले गत शनिबार टिकटक अकाउन्ट खोलेका छन् । गएको शनिबार यता मात्रै उनका पाँच मिलियन फलोअर्स भइसकेका छन् । उनले आफूले अमेरिकी जनतासँग प्रत्यक्ष रूपमा बोल्नका लागि उपलब्ध सबै प्रविधि प्रयोग गर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको पनि टिकटक अकाउन्ट छ । जसमा उनका प्रतिद्वन्द्वी ट्रम्पकोभन्दा तीन लाख ५० हजार कम फलोअर्स मात्र छन् । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धमाधम छायांकनमा फिल्म एक्टर

जहिर इकबालसँग आज वैवाहिक बन्धनमा बाँधिदै सोनाक्षी

करण परियारले जिते नेपाल आइडलको उपाधि

‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ सुरू

राहुल मोदीसँग प्रेम सम्बन्धमा अभिनेत्री श्रद्धा कपुर

गायक महेश र गायिका अस्मिताको इन्गेजमेन्ट

विजय माल्याका छोरा सिद्धार्थ वैवाहिक बन्धनमा बाँधिदै

जुन २३ मा विवाह गर्दै सोनाक्षी

हिट फिल्मको खोजीमा अक्षयकुमार

बक्स असिफमा भिड्दै अल्लु अर्जुन र आमिर खान

मनकामना केबुलकार ५० दिन बन्द हुने

ओेटीटीमा ‘पशुपति प्रसाद २ः भष्मे डन’