सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाली सेनाका सिपाही हरिचन्द्र गिरीले पाँचौंपटक लेखाए गिनिज बुकमा नाम

२०८१ जेठ २७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली सेनाका सिपाही हरिचन्द्र गिरी पाँचौंपटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । यसअघि विभिन्न चार वटा विधामा विश्व कीर्तिमान राखिसकेका उनले ‘मस्ट स्किप्स् अन एन अप्राइट टायर इन वान मीनेट’ विधामा विश्व रेकर्ड बनाएका हुन् ।

उनले गुड्ने अवस्थामा रहेको टायरमाथि एक मीनेटमा १२० पटक ‘स्किपिङ’ खेलेर विश्वलाई नै चकित बनाएका छन् । यस विधामा विश्व कीर्तिमान राखेर उक्त बुकमा नाम लेखाउने उनी पहिलो व्यक्ति हुन् । उनले सर्वप्रथम हातले टेकेर भर्याङको ५० खुड्किला १२ मीनेट ६५ सेकेण्डमा पूरा गर्दै बुकमा नाम लेखाएका थिए ।

स्विजरल्याण्डको केभिन डेलकोको नाममा रहेको सो रेकर्डलाई आफ्नो नाममा गर्दै गिनिज वर्ल्ड रेकर्डको यात्रा शुरु गरेका उनी त्यतिमै रोकिएनन् । मुलुकलाई विश्वमाझ चिनाउने हुटहुटी भएका उनले सन् २०२२, मे ४ मा अर्को रेकर्ड आफ्नो नाममा गरे ।

उनले आफ्नो खुट्टाको बीचमा फुटबल राखी हातले टेकेर सबैभन्दा छिटो ५० मीटर हिँड्ने नयाँ कीर्तिमान बनाए । झाङ सुआङको २६ मीनेट ९ सेकेण्डको कीर्तिमानलाई केही सेकेण्डले पछि पार्दै २५ मीनेट ५८ सेकेण्डमा रेकर्ड बनाए ।

त्यसलगत्तै आफ्नो खुट्टाबीच फुटबलको साथ हातमा सबैभन्दा छिटो १० मीटर हिँड्ने कीर्तिमान पनि बनाए । जुन ४ मीनेट ४९ सेकेण्डमा पूरा गरेका थिए । तीन वटा रेकर्ड कायम गरेपछि पनि अर्को रेकर्डको भोका रहेका गिरीले केबल २५ मीनेट ३ सेकेण्डमा हातमा ७५ वटा खुड्किला झरेर चौंथो रेकर्ड कायम गरेका हुन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला

गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई

विकासको बहस काम गरेर मात्रै पूरा हुन्छः कांग्रेस नेता डा रिजाल

मनसुनमा सुनसान मनाङ

स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढ्दो

Man drowns while fishing, six others injured

टिआरसी विधेयक सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

बलिवुड अभिनेता अनुपम खेरको अफिसमा चोरी

ट्रम्पलाई एक एक व्यक्तिले दिए ५ करोड डलर चन्दा

कृषिमन्त्री ज्वाला भन्छिन्- रासायनिक मलको अभाव हुँदैन

आगामी आर्थिक वर्षदेखि राससले २४सै घण्टा सेवा प्रवाह गर्ने : सञ्चारमन्त्री शर्मा

प्रहरी जवानद्वारा आत्महत्या