सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आरोप–प्रत्यारोपमा उत्रिए नेपाल र खनाल

२०८१ जेठ २८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन खोजिएको बताएका छन् ।

समाजवाद अध्ययन केन्द्रले आईतबार काठमाडौंमा आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति’ बिषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्टहरूले नै आफ्नो पार्टी सिध्याउन खोजेको आरोप लगाए ।

एउटा अध्यादेश ल्याएर जनता समाजवादी पार्टी नेपाल (जसपा) पछि एकीकृत समाजवादीलाई स्वतन्त्रको हैसियतमा सांसदहरूलाई पुर्याएर सिध्याउन खोजिएको दाबी उनले गरे । ‘कम्युनिष्ट भनौदाहरु नै कम्युनिष्टलाई सिध्याउन चाहिरहेका छन् । तपाईहरुलाई थाहा छ कि छैन ?’ प्रश्न गर्दै नेपालले भने, ‘एउटा अध्यादेश ल्याएर हाम्रो पार्टीलाई स्वतन्त्र हैसियतमा पुर्याएर यो पार्टीका मान्छेलाई जहाँ पनि जान दिने ? जसरी जसपालाई पुर्याउने काम भयो, दोस्रो तारो हामी बनेका हौँ । यो यथार्थ बुझेनौं भने हाम्रो गफले मात्र केही हुनेवाला छैन ।’

उनले कुराले चिउरा नबुझ्ने भन्दै यथार्थलाई बुझेर अघि बढ्नु पर्ने बताए । सबै खालका चुनौती सामना गर्दै सबै खालका अवसर उपयोग गर्नुपर्ने उनले बताए । जनताको विश्वास जितेर परिवर्तनको बाहक बन्नुपर्ने बताउँदै उनले एक दलीय स्थापना गर्ने समाजवाद हुन नसक्ने टिप्पणी गरे ।

अध्यक्ष नेपालले अहिले पार्टीलाई जोगाउने कुरा पहिलो प्राथमिकता भएको बताए । ‘अहिले विश्लेषण गर्दा यो पार्टीलाई जोगाउने, अस्तित्व रक्षा गर्ने पहिलो कुरा हो, यो पार्टीलाई बलियो बनाउने दोस्रो कुरा हो । पार्टीलाई सशक्त बनाउन, नयाँ नयाँ क्रान्तिकारी योद्धा र युवालाई आकर्षण गर्ने मूल काम हो’ नेपालले भने, ‘युवा भनेर भ्रष्टाचारमा चुर्लुम्म डुब्ने, जाँडरक्सीमा पूरै घैंटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन ।’

विचारमा प्रष्ट भएका, भाषणमा क्रान्तिकारी भएका र पार्टीको हितमा काम गर्नेलाई स्वागत गर्नुपर्ने उनले बताए । नेपाली समाजको यथार्थ विश्लेषण गरेर उपयुक्त नीति अबलम्बन गर्नुपर्ने उनले बताए । उनले राजनीतिमा कसैलाई निषेध नगरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । चिनियाँ, क्युवा, भियतानाम, उत्तर कोरियाको विशेषताको समाजवादी कस्तो छ त्यसको गहिरो अध्ययन गरेर नेपाली विशेषतासहितको समाजवादको विश्लेषण गर्नुपर्ने आवश्यकता रहेको नेपालले बताए । उनले भूराजनीतिक अवस्थाको पनि विश्लेषण गरेर अगाडि बढ्नुपर्ने स्पष्ट पारे । नेपालले संकटमा आफूलाई वामदेव गौतमले साथ दिएको भन्दै स्मरण गरे  । राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेकपा एसको महाधिवेशन : १५१ केन्द्रीय सदस्य पराजित हुने निश्चित

पर्यटकीय गन्तव्य जितगढी किल्ला

‘सामाजिक सञ्जालका कन्टेन्ट र समाचार फरक’

नेपालमा राजनीतिक स्थिरता होस

घरेलु कामदारको तलब अब डिजिटल माध्यमबाट

सहकारी ठगीमा सञ्चालकदेखि नियामकसम्म

मेलम्चीको पानी तत्काल बन्द नहुने

कमलामाई नगरपालिकालाई गरियो ‘अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा’

संसद्‍मा प्रधानमन्त्री वक्ता, कुर्सी श्रोता

गरिबको गाई सानन बाख्रा !

एसइईको नतिजा एक साताभित्र

क्याबिनेटको निर्णय किर्ते गर्नेलाई प्रचण्डको मौन समर्थन