सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रतिनिधि सभा बैठक पुस्तिका नआउँदा रोकियो छलफल

२०८१ जेठ २८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विनियोजन विधेयक २०८१ को मन्त्रालयगत रूपमा छुट्याइएको बजेटको विवरण पुस्तिका समयमा नै संसद्ले नपाउँदा छलफल प्रभावित भएको छ ।

आइतबारदेखि प्रतिनिधि सभामा मन्त्रालयगत छलफल गर्ने कार्यसूची तय भए पनि समयमा नै विवरण प्राप्त नहुँदा छलफल दुई दिन पर सारिएको हो । मङ्गलबारदेखि छलफल गर्ने गरी संसद् सचिवालयले नयाँ कार्यतालिका निर्माण गरेको छ । आइतबारसम्म पाँच वटा मन्त्रालयको मात्र विवरण सचिवालयले प्राप्त गरेको छ । प्राप्त भएका विवरण सांसदले अध्ययन गर्न नपाएको भन्दै बैठक सारिएको हो । सभामुख निवास बालुवाटारमा आइतबार बिहान बसेको सभामुख र दलका प्रमुख सचेतक/सचेतकको बैठकले छलफल सार्ने निर्णय गरेको हो ।

पाँच मन्त्रालयको विवरण आए पनि सम्भावित कार्यतालिकामा समेटिएका सबैको जानकारी आइसकेको छैन । पाँचमध्ये तीन मन्त्रालयको विवरण शुक्रबार र दुईको शनिबार मात्र प्राप्त भएको हो ।

सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले मन्त्रालयहरूको विवरण आइनसकेकाले छलफल प्रभावित भएको बताउनुभयो । गिरीले भन्नुभयो, “विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयको विवरण सबै आइसकेको छैन । हामीले शुक्रबार र शनिबार गरेर पाँच वटा मन्त्रालयको विवरण पाएका छौँ । माननीयज्यूहरूलाई विवरण अध्ययनको समय पनि दिनुपर्ने भएकाले छलफल प्रारम्भ भएको छैन । सबै विवरण आइसकेको छैन ।”

सचिवालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, रक्षा र सहरी विकास मन्त्रालयको विवरण सचिवालयमा आइसकेको छ तर आइतबार विवरण नआएको वन तथा वातावरण मन्त्रालयको छलफल पनि सम्भावित कार्यसूचीमा थियो । बाँकी अन्य मन्त्रालय तथा प्रधानमन्त्री कार्यालय र मातहतका निकाय, संवैधानिक आयोग तथा निकायको विवरण आइसकेको छैन । ती विवरण प्राप्त भएपछि मन्त्रालयगत छलफल हुने छ ।

संसद्ले आइतबारदेखि मन्त्रालयगत छलफलको तालिका बनाएको थियो । शुक्रबारसम्म नै प्रतिनिधि सभा निरन्तर चलाउने गरी सम्भावित कार्यतालिका यसअघि बनाइएको थियो । छलफल प्रभावित भएसँगै कार्यतालिका पनि हेरफेर हुने भएको छ ।  सरकारले जेठ १५ गते सङ्घीय संसद्मा वार्षिक बजेट पेस गरेको थियो । दुवै सदनमा बजेटबारेको सैद्धान्तिक छलफल र जवाफ सकिएको छ । सैद्धान्तिक छलफल सकिएपछि मन्त्रालयगत छलफल तोकिएको थियो ।  गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेकपा एसको महाधिवेशन : १५१ केन्द्रीय सदस्य पराजित हुने निश्चित

पर्यटकीय गन्तव्य जितगढी किल्ला

‘सामाजिक सञ्जालका कन्टेन्ट र समाचार फरक’

नेपालमा राजनीतिक स्थिरता होस

घरेलु कामदारको तलब अब डिजिटल माध्यमबाट

सहकारी ठगीमा सञ्चालकदेखि नियामकसम्म

मेलम्चीको पानी तत्काल बन्द नहुने

कमलामाई नगरपालिकालाई गरियो ‘अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा’

संसद्‍मा प्रधानमन्त्री वक्ता, कुर्सी श्रोता

गरिबको गाई सानन बाख्रा !

एसइईको नतिजा एक साताभित्र

क्याबिनेटको निर्णय किर्ते गर्नेलाई प्रचण्डको मौन समर्थन