सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रक्षामन्त्री उप्रेतीद्वारा सैनिक हवाई सेवा निरीक्षण

२०८१ जेठ २८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रक्षामन्त्री हरिप्रसाद उप्रेतीले गौचरस्थित सैनिक हवाई सेवाअन्तर्गत मध्यएयर वेश, विशिष्ट उडान सेवा तथा हवाई प्राविधिक सेवाको निरीक्षण गरेका छन्।

उनलाई सैनिक हवाइसेवा प्रमुख, पाइलट उपरथी आशिष नरसिंह राणाले सैनिक हवाई सेवाको वस्तुस्थितिलगायत सैनिक हवाइसेवाका विविध गतिविधिबारे जानकारी गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सोही अवसरमा रक्षा मन्त्री उप्रेतीले मध्यएयर वेशमा रहेका सैनिक हवाई साधन तथा उपकरणको अवलोकन गरेका थिए । रक्षामन्त्री उप्रेतीले सैनिक हवाई सेवालगायत अन्तर्गतका युनिटबाट विपद् उद्धार, विकास निर्माणलगायतका क्षेत्रमा सम्पादन भएका कार्यको प्रशंसा गर्दै आगामी दिनमा उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए। त्यसअघि उनलाई मध्यएयर वेशमा प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गरेका थिए ।

कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारीहरू लगायत सैनिक हवाई सेवाका सकलदर्जाको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला

गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई

विकासको बहस काम गरेर मात्रै पूरा हुन्छः कांग्रेस नेता डा रिजाल

मनसुनमा सुनसान मनाङ

स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढ्दो

Man drowns while fishing, six others injured

टिआरसी विधेयक सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

बलिवुड अभिनेता अनुपम खेरको अफिसमा चोरी

ट्रम्पलाई एक एक व्यक्तिले दिए ५ करोड डलर चन्दा

कृषिमन्त्री ज्वाला भन्छिन्- रासायनिक मलको अभाव हुँदैन

आगामी आर्थिक वर्षदेखि राससले २४सै घण्टा सेवा प्रवाह गर्ने : सञ्चारमन्त्री शर्मा

प्रहरी जवानद्वारा आत्महत्या