सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

परजीवी नियन्त्रणका लागि महानगरद्वारा निःशुल्क औषधि वितरण

२०८१ जेठ २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विराटनगर महानगरपालिकाले पशुपालक किसानलाई पशुमा लाग्ने परजीवी रोग नियन्त्रणका लागि निःशुल्क औषधि वितरण गरेको छ ।

महानगरको पशुपंक्षी शाखाले वडा नं १८ को भेडियारी टोलमा आयोजित कार्यक्रममा पशु किसानलाई परजीवी नियन्त्रणसम्बन्धी औषधि वितरण गरेको हो ।  त्यस क्षेत्रमा किसानले गाई, भैँसी र बाख्रा व्यावसायिक रुपमा पाल्दै आएका छन् । आन्तरिक परजीवीका कारण उत्पादनमा नोक्सानी खेप्दै आएकाले औषधि वितरण गरिएको महानगरका पशुपंक्षी महाशाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो ।

उहाँले पशुको गोबर जाँच गरी औषधि वितरण गरिएको बताउनुभयो । उक्त वडामा ७६ घरपरिवारका दुई ३५ वटा पशुवस्तुलाई परजीवी नियन्त्रण एवं रोकथामका लागि निःशुल्क वितरण गरिएको छ । शिविरमा शाखाकी डा सरहाना सुवेदीले गाईभैँसीको स्वास्थ्य जाँच गर्नुभएको थियो ।

यसैगरी महानगरमा दर्ता भएका ४० वटा पशुकृषि फर्मलाई परजीवी नियन्त्रणको औषधि निःशुल्क वितरण गरिएको छ भने यस वर्ष एक सय २१ किसानलाई हिउँदे र बर्से घाँसको बीउसमेत निःशुल्क वितरण गरिएको शाखा प्रमुख यादवले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जंगली च्याउ खाँदा एक जनाको मृत्यु, ४ जना बिरामी

खाना खाने बित्तिकै चिया पिउँदा के हुन्छ ?

बच्चाका पेटमा किरा पर्दा देखिने संकेत

आजदेखि ‘औषधिजन्य जडीबुटी मेला’

बिष बनाएर बेचिँदै फलको राजा आँप

जिपिएस जडानपछि प्रभावकारी बन्दै एम्बुलेन्स सेवा

कर्मचारीको विवरण खोज्दै स्वास्थ्य मन्त्रालय

योग दिवस मूल समारोह समितिद्वारा विशेष कार्यक्रम आयोजना

दिल्ली क्षेत्रमा गर्मीका कारण १९ जनाको मृत्यु

बलिवुड गायिका अल्का कसरी कान नसुन्ने भइन् ?

साउदीमा गर्मीका कारण मृत्यु हुने हज यात्रीको संख्या नौं सय नाघ्यो

दहीमा भुटेको जिरा राखेर खाँदा हुने फाइदा