सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रिय वाणिज्य बैङ्कबाट स्टार्टअप उद्यम कर्जा

२०८१ जेठ २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  स्टार्टअप उद्यम कर्जाका लागि सिफारिस गरिएका परियोजनालाई कर्जा लिनका लागि राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालय तोकिएको छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि सिफारिसमा परेका १८३ वटा परियोजनालाई कर्जा लिनका लागि सम्बन्धित जिल्लाको राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालय तोकिएको हो ।

प्रतिष्ठानले सिफारिसमा परेका परियोजनामा प्रस्तावकहरूलाई व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान, भ्याट दर्ताको सङ्कलन प्रमाण नागरिकताको सक्कल प्रमाणपत्र, आधिकारिक व्यक्तिको पासपोट साइजको तीन प्रति फोटो र फर्म वा कम्पनीको छापसहित तोकिएको बैङ्कको शाखा कार्यालयमा उपस्थित हुन सूचना प्रकाशित गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम अन्तर्गत उद्यम कर्जा प्रवाह गर्न १८३ वटा परियोजनाको प्रस्ताव छनोट गरेको छ । छनोटमा परेका परियोजनाले तीन प्रतिशत ब्याजमा पाँचदेखि २० लाख रुपियाँसम्म कर्जा प्राप्त गर्ने छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८०’ मार्फत एक जनालाई तीन प्रतिशत ब्याजमा अधिकतम २५ लाख रुपियाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ ।

बैङ्कले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाखसम्मको कर्जाको हकमा एक किस्ता, १५ लाखसम्मको कर्जा दुई किस्ता र त्यसभन्दा माथिको कर्जा तीन किस्तामा प्रवाह गर्ने कार्यविधिमा उल्लेख छ । कर्जाको सुरक्षणका लागि प्रतिष्ठानले प्रवाहित कर्जाको २५ प्रतिशत रकम स्वीकृत बजेटको सीमाभित्र रही स्टार्टअप उद्यम कर्जा सुरक्षण कोषमा राख्नुपर्ने व्यवस्था रहेको छ । योग्य प्रस्तावकको सूचीमा परेको ३९४ वटा परियोजना प्रस्तावमध्ये सबै प्रक्रिया पूरा गरी १८३ वटा परियोजनाको प्रस्ताव उद्यम कर्जाका लागि छनोटमा परेको हो ।

प्रतिष्ठानका अनुसार स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ६५८ वटा आवेदन परेका थिए । यसमध्ये मूल्याङ्कन समितिले सबै प्रक्रिया पुगेका ३९४ परियोजनालाई छनोट गरेको हो । यसमध्ये पनि सबै प्रक्रिया पूरा गरी मूल्याङ्कनका आधारमा सर्ट लिस्ट गर्दा १८३ वटा परियोजना प्रस्ताव कर्जाका लागि योग्य भई सिफारिस गरिएको प्रतिष्ठानले जनाएको छ ।

कर्जाका लागि छनोट भएका परियोजना प्रस्तावकलाई आगामी असार २३ गतेसम्म सम्बन्धित राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालयमा सम्पर्क गर्न प्रतिष्ठानले सूचना जारी गरेको छ । उक्त अवधिमा सम्पर्क नगरेको अवस्थामा परियोजनाको प्रस्ताव स्वतः खारेज हुने व्यवस्था गरिएको छ ।

बैङ्कमा सम्पर्क गर्नका लागि व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान भ्याट दर्ताको सक्कल प्रमाणपत्र, नागरिकताको सक्कल प्रमाणपत्र, आर्थिक वर्ष २०७९/८० को कर चुक्ताको प्रमाणपत्र, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको तीनप्रति फोटो र फर्म वा कम्पनीको छापसहित उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । उद्यम कर्जाका लागि कृषि, हाते कागज, बेकरी, फुटवेयर, डेरी, ड्राई क्लिनर्स, टेक्नोलोजी, स्लेट र ढुङ्गा काट्ने, रेडिमेड, हस्तकला तथा गार्मेन्ट, मेटल, टुरिजम, पशुपन्छीपालन, फर्निचरलगायतका विषयमा परियोजना प्रस्ताव स्वीकृत भएको छ ।

स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच गत माघ २४ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेकपा एसको महाधिवेशन : १५१ केन्द्रीय सदस्य पराजित हुने निश्चित

पर्यटकीय गन्तव्य जितगढी किल्ला

‘सामाजिक सञ्जालका कन्टेन्ट र समाचार फरक’

नेपालमा राजनीतिक स्थिरता होस

घरेलु कामदारको तलब अब डिजिटल माध्यमबाट

सहकारी ठगीमा सञ्चालकदेखि नियामकसम्म

मेलम्चीको पानी तत्काल बन्द नहुने

कमलामाई नगरपालिकालाई गरियो ‘अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा’

संसद्‍मा प्रधानमन्त्री वक्ता, कुर्सी श्रोता

गरिबको गाई सानन बाख्रा !

एसइईको नतिजा एक साताभित्र

क्याबिनेटको निर्णय किर्ते गर्नेलाई प्रचण्डको मौन समर्थन