सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमाले काठमाडौँको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

२०८१ जेठ २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी एमाले) काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।

सहमतिमा नेतृत्व चयन हुन नसकेपछि उम्मेदवारी दर्ता भई आज मध्याह्न १२ बजेदेखि विद्युतीय उपकरणमार्फत मतदानको तयारी भएको जिल्ला कमिटीका अध्यक्ष दिपक निरौलाले जानकारी दिनुभयो ।

अध्यक्ष पदका लागि निरौला र निर्मल देउवाबीच प्रतिस्पर्धा हुँदैछ भने उपाध्यक्षमा विश्वराम सापकोटा, नमराज पराजुली, नवराज भट्ट र विदुरविक्रम खड्काले उम्मेदवारी दिनुभएको छ । यस्तै सचिवमा राजेश शाक्य र सत्यनारायण डङ्गोल तथा उपसचिवमा उद्धव भण्डारी, विन्दु मर्हजन, गुञ्जमान सिंह बस्नेत र तारा भण्डारीको उम्मेदवारी दर्ता भएको छ ।

अधिवेशनले पदाधिकारीसहित दुई सय २५ सदस्यीय जिल्ला कमिटी र सात सदस्यीय लेखासमिति निर्वाचित गर्नेछ । अधिवेशनमा पाँच सय ८५ प्रतिनिधि छन् भने बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । अधिवेशनको यही जेठ २६ गते एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लोकतन्त्रका लाभ सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री

लुम्बिनीमा जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता {पत्रसहित}

पार्टीसँग ‘जादु’ नम्बर छ, सरकार पूरै अवधि टिक्छ : अध्यक्ष दाहाल

स्वभिमानी नेता र कार्यकर्ताले मात्रै देशलाई अघि बढाउन सक्छन्ः अर्थमन्त्री

आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जानुहुँदैन : महामन्त्री थापा

राष्ट्रिय दलित पत्रकार संघ रौतहटको अध्यक्षमा पुनः पासवान

‘बूढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजनाकैरुपमा अगाडि बढाउनु पर्छ’

सत्ता समीकरणमा कुनै असमझदारी छैन- प्रधानमन्त्री

शान्ति प्रक्रियामा दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने

महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

संसदमा कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्ने