सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बयलपाटा अस्पतालका लागि तत्काल १० करोड बजेटको व्यवस्था गर्नुपर्छः सांसद पाण्डे

२०८१ जेठ २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले अछामस्थित बयलपाटा अस्पतालका लागि तत्काल कम्तिमा १० करोड बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा सुरुमै समय लिएर बोल्नुहुँदै उहाँले सो अस्पताल बजेटको अभावमा बन्द हुने अवस्थामा पुगेको उल्लेख गर्दै चालु आर्थिक वर्ष भित्र आवश्यक बजेटको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको हो ।

‘‘अछाम जिल्लाको बलयपाटा अस्पताल १६ वर्षदेखि नेपाल सरकारसँगको सहकार्यमा न्याय हेल्थ नेपाल नामक संस्थाले सञ्चालन र व्यवस्थापन गर्दै आएको छ । अछामसहित बाजुरा, कालिकोट, मुगु, डोटी, दैलेख, हुम्लाजस्तो विकट जिल्लाहरुमा एक वर्षमा करिव एक लाख सेवाग्राहीले त्यहाँ निःशुल्क गुणस्तरीय सेवा प्राप्त गर्ने गर्दछन् । करिव आठ सय जति मेजर सर्जरीहरु हुने गर्दछ । यो अस्पताल आधुनिक तरिकाले सञ्चालित छ ।,’’ सांसद पाण्डेले भन्नुभयो, ‘‘यसमा आर्थिक पारदर्शीता पनि छ । यो अत्याधुनिक तरिकाले सञ्चालित, गुणस्तरीय सेवा प्रदान गरिरहेको कोभिडको महामारीपछि यसको डोनेशन कम हुँदै गयो । अहिलेको बजेट भाषणमा प्रदेश सरकारले छुट्याएन बजेट पनि । अहिले त्यो अस्पतालमा बडो कठिन अवस्था सृजना भएको  छ । दुर्गम ठाउँमा दुई जना विशेषज्ञसहित नौ जना चिकित्सक  हुनुहुन्छ ।’’

उहाँले त्यसका लागि आफूहरुले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवलाई भनेको र प्रधाननमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमानले पनि त्यसका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । सांसद पाण्डेले अछामसहित बाजुरा, कालिकोट, मुगु, डोटी, दैलेख, हुम्लाजस्तो विकट जिल्लाहरुमा एक वर्षमा करिव एक लाख सेवाग्राहीले निःशुल्क गुणस्तरीय सेवा प्राप्त गर्ने सो अस्पताल सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेर उचित वातावरण निर्माण गर्न सङ्घीय सरकारले ढिलाई नगर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षका लागि विनियोजन हुने बजेटमा सो अस्पतालका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

‘‘१९७ जना अरु स्टाफहरु हुनुहुन्छ । महिनौदेखि उहाँहरु तलबबाट बञ्चित हुनु भएको छ । जसका कारणले यो अस्पताल बन्द हुने अवस्थामा पुगेको छ । यस पटक पनि सुदूरपश्चिम प्रदेश सरकारको बजेट असार १ गते आउँदैछ । यसका बजेटको व्यवस्था गरिदिन आग्रह गरेका छौँ । यदि यो असार मसान्त भित्रै बजेट नहुने हो भने अर्थमन्त्री, प्रधानमन्त्री र सिङ्गो संसदलाई यही आर्थिक वर्ष भित्रै कम्तिमा पनि नौ/१० करोड विशेष अनुदानको व्यवस्था गरेर बयलपाटा अस्पताललाई सुचारु गर्न, अगाडि बढाउन र दुर्गम क्षेत्रका नागरिकहरुले पाएका सेवा सुविधाहरुलाई निरन्तरता दिन सरकारसँग जोडदार माग गर्दछु ।’’ उहाँले भन्नुभयो ।

सांसद पाण्डेले सो अस्पतालमा चिकित्सकसहितक कर्मचारीहरुले तलबसमेत नपाएको उल्लेख गर्दै सरकारले चालु आर्थिक वर्ष असार भित्रै आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जंगली च्याउ खाँदा एक जनाको मृत्यु, ४ जना बिरामी

खाना खाने बित्तिकै चिया पिउँदा के हुन्छ ?

बच्चाका पेटमा किरा पर्दा देखिने संकेत

आजदेखि ‘औषधिजन्य जडीबुटी मेला’

बिष बनाएर बेचिँदै फलको राजा आँप

जिपिएस जडानपछि प्रभावकारी बन्दै एम्बुलेन्स सेवा

कर्मचारीको विवरण खोज्दै स्वास्थ्य मन्त्रालय

योग दिवस मूल समारोह समितिद्वारा विशेष कार्यक्रम आयोजना

दिल्ली क्षेत्रमा गर्मीका कारण १९ जनाको मृत्यु

बलिवुड गायिका अल्का कसरी कान नसुन्ने भइन् ?

साउदीमा गर्मीका कारण मृत्यु हुने हज यात्रीको संख्या नौं सय नाघ्यो

दहीमा भुटेको जिरा राखेर खाँदा हुने फाइदा