सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टी-२० विश्वकप: नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै

२०८१ जेठ २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालले टी-२० विश्वकप अन्तर्गत भोलि बिहान श्रीलंकाविरुद्ध खेल्दै छ । समुह डी मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्न लागेको हो ।

अमेरिकाको  सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउन्डरहिलमा हुने यो खेल भोलि बिहान ५: १५ बजेदेखि शुरु हुदै छ ।

नेपालले यस विश्वकपमा पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो । नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको थियो ।

त्यस्तै श्रीलंकाले भने यस विश्वकपमा लगातार दुई खेलमा हार बेहोरेको छ । श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग र दोस्रो खेलमा बंगलादेशसँग हार बेहोरेको थियो ।

समुह डी मा नेपाल र श्रीलंकाका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस समुहमा दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित हासिल गरेर ६ अंक हासिल गरेको छ र सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ त्यस्तै बंगलादेशले २ खेलमा एक जित र एक हारसहित २ अंक हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अस्ट्रेलियालाई हराएपछि कप्तान राशिद खानले के भने ?

कोपा अमेरिका: भेनेजुएला र मेक्सिकोको विजयी शुरुवात

अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित

पाट कमिन्सको कीर्तिमानी बलिङ, लगातार दोस्रो खेलमा ह्याट्रिक

रोमानियामाथि बेल्जियमको जित

टी-२० विश्वकपको सुपर आठमा आज दुई खेल हुदै

युरोकप – जर्जिया र चेक रिपब्लिक बराबरीमा रोकिए

विश्वकपमा अपराजित भारत: बंगलादेशमाथि ५० रनको शानदार जित

महान फुटबलर पेलेकी आमाको निधन

युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक जित

फ्रान्स र नेदरल्याण्डस गोलरहित बराबरीमा रोकिए

टी-२० विश्वकपको सुपर आठका आज दुई खेल हुदै