सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चीनबारे लेखिएको पुस्तक सार्वजनिक

२०८१ जेठ २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चीनले अवलम्बन गरिरहेको आधुनिकीकरण तथा चीन भ्रमण गर्ने नेपाली पत्रकार र कलाकारहरूको अनुभव समेटिएको पुस्तक बुधबार राजधानीमा सार्वजनिक गरिएको छ ।

‘थ्री एस मिडिया’द्वारा प्रकाशित पुस्तकमा चीनको भौतिक विकास तथा गरिबी निवारणबारे चीनको गरेका प्रत्यत्नबारे नेपाली भ्रमण टोलीले गरेका अनुभवहरू समेटिएको छ ।

पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाल–चीन चेम्बर्स अफ कमर्सका संस्थापक तथा अन्तर्राष्ट्रिय चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पुस्तकले चीनकोले गरिरहेको विकासबाट नेपालले थुप्रै अनुभवहरू सिक्नसक्ने बताउनुभयो । पूर्व राजदूत एवम् परराष्ट्र मामिला विज्ञ हिरण्यलाल श्रेष्ठले नेपालमा आधुनिक हुनु भनेको पश्चिमाकरण हुनु हो भन्ने अवधारणा रहेको उल्लेख गर्नुहुँदै चीनको आधुनिकीकरण पश्चिमाकरण नभई आफ्नै मौलिकतामा आधारित रहेको बताउनुभयो ।

नेपाल टेलिभिजनका महाप्रबन्धक तथा यही जेठ ८ गतेदेखि १८ गतेसम्म चीन भ्रमणका गएका नेपाली प्रतिनिधि मण्डलका नेतृत्वकर्ता फुलमान बल तामाङले आफ्नो मौलिक सांस्कृतिक परम्परा कायम राख्दै आर्थिक तथा भौतिक विकासको तीव्र गतिमा दगुरिरहेको चीनबाट निक्कै ठुलो शिक्षा लिन सकिने बताउनुभयो । कार्यवाहकमा आफ्नो चीन भ्रमणको अनुभव उल्लेख गर्नुहुँदै पत्रकार जीवराम भण्डारीले निक्कै सुखी र खुसी चिनियाँ जनताका लागि चीनको कम्युनिष्ट पार्टीले गरिरहेको योगदानको प्रशंसा गर्नुभयो ।

पत्रकार ठाकुर बेलबासेले चीनको विकास देखेर आफू दङ्ग परेको उल्लेख गर्नुहुँदै नेपालले पनि यसबाट पाठ सिक्नुपर्ने बताउनुभयो । गोरखापत्र दैनिकका सहसम्पादक राजेश चाम्लिङ राईले नेपाल र चीनबिच प्राग ऐतिहासिक कालदेखि अटुन र मित्रवत् सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै  विभिन्न माध्यमबाट देखिएका र सुनिएका चीनलाई प्रत्यक्ष अनुभूत गर्न पाउँदा यसअघि जनस्तरमा रहेका कतिपय भ्रमहरू हटाएर वास्तविक चीन बुझ्न मद्दत पुगेको बताउनुभयो ।

कार्यक्रम आयोजक तथा चीन भ्रमण कार्यक्रमका सहजकर्ता शोभित उप्रेतीले नेपाल र चीनको सम्बन्ध सधैँ समधुर रहिरहने उल्लेख गर्दै भ्रमणको क्रममा अनुभूत गरिएका विषयहरूलाई दस्तावेजीकरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘फर्केर हेर्दा’ पुस्तक सार्वजनिक

घनश्याम कँडेलको साहित्यसाधना सार्वजनिक

‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ कृति लोकार्पण

अमेरिकामा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’

कांग्रेस प्रमुख सचेतक विष्टको ‘व्याधि र विजय’ पुस्तक सार्वजनिक

सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ सार्वजनिक

रासस तस्बिर प्रदर्शनी जेठ मसान्तसम्म जारी रहने

लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक

कवि रिमालको ‘चमेरो : कोरोना कविता’ सार्वजनिक

रासस तस्बिर प्रदर्शनी अर्को सातासम्म जारी रहने

राससकर्मी सिबी अधिकारीसहित तीन पत्रकार सम्मानित