सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजनीतिक अस्थिरताले महत्वपूर्ण काम समयमै हुन सकेनन्ः मख्यमन्त्री कार्की

२०८१ जेठ २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  कोशी प्रदेश सरकार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक अस्थिरताका कारण कोशी प्रदेशमा महत्वपूर्ण काम समयमै हुन नसकेको धारणा राख्नुभएको छ । प्रदेश योजना आयोगद्वारा आयोजित ‘प्रदेश विकास परिषद्’ बैठकको आज यहाँ उद्घाटन गर्दै उहाँले समयमै आयोजना सम्पन्न गर्नेतर्फ सरकारको ध्यान गएको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले सो वैठकको छलफलका क्रममा उठेका मूलभूत विषय नयाँ बजेटमा समावेश गरिने बताउनुभयो । उहाँले सप्तकोशी नदी किनारमा रहेको महाकुम्भ क्षेत्रको विकास गरी धार्मिक पर्यटक बढाउन सकिने उल्लेख गर्नुभयो

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले विकास निर्माणमा  सङ्घ र प्रदेश सरकारबीच तालमेल नमिलेको बताउनुभयो । पन्ध्रौँ पञ्चवर्षीय योजना सकिन लागेको र १६औँ पञ्चवर्षीय योजना लागू हुने सङ्घारमा देशभित्रका सबै सम्भावना र स्रोत परिचालन गर्ने गरी योजना बन्नुपर्ने उहाँको भनाइ थियो । डा खतिवडाले कोशी प्रदेश सरकारलाई जलस्रोत, कृषि, ऊर्जाका क्षेत्रलाई व्यापक उपयोग गरी उदाहरणीय काम गर्न सुझाव दिनुभयो ।

प्रदेश विकास परिषद्का सदस्य एवं नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सङ्घीयता कार्यान्वयन प्रभावकारी ढङ्गले हुन नसकेको बताउनुभयो । उहाँले प्रदेश सरकारसमक्ष नयाँ पुस्तालाई आशा जगाउने गरी योजना बनाउन र कार्यान्वयन गर्ने जिम्मेवारी रहेको बताउनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले आवधिक योजना आर्थिक वृद्धिदरलाई स्थायी बनाउन, निजी र सहकारी क्षेत्रलाई लगानीको वातावरण सिर्जना गर्न र वैदेशिक लगानी भित्र्याउने गरी निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रदेश योजना आयोगका सचिव मिमास अधिकारीले दोस्रो आवधिक योजना बनाउनका लागि कोशी प्रदेशभित्र एक हजार जनाको सुझाव लिएको र यसका आधारमा निर्माण भएको दस्तावेजलाई अझ समृद्ध र सुदृढ बनाउन आजको बैठक आयोजना भएको जानकारी दिनुभयो ।

उहाँले आगामी साउन १ गतेदेखि लागू हुने योजनालाई सफल बनाउन आजको छलफलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै पाँच वर्षका लागि बन्ने यो दस्तावेजमा महत्वपूर्ण बुँदा समावेश हुने विश्वास व्यक्त गर्नुभयो । बैठकमा कोशी प्रदेश सरकार मन्त्री, प्रदेश योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका सचिव, विकास परिषद्का सदस्य, कोशी प्रदेशसभाका विषयगत समितिका सभापति, स्थानीय तहका प्रमुख वा अध्यक्षको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लोकतन्त्रका लाभ सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री

लुम्बिनीमा जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता {पत्रसहित}

पार्टीसँग ‘जादु’ नम्बर छ, सरकार पूरै अवधि टिक्छ : अध्यक्ष दाहाल

स्वभिमानी नेता र कार्यकर्ताले मात्रै देशलाई अघि बढाउन सक्छन्ः अर्थमन्त्री

आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जानुहुँदैन : महामन्त्री थापा

राष्ट्रिय दलित पत्रकार संघ रौतहटको अध्यक्षमा पुनः पासवान

‘बूढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजनाकैरुपमा अगाडि बढाउनु पर्छ’

सत्ता समीकरणमा कुनै असमझदारी छैन- प्रधानमन्त्री

शान्ति प्रक्रियामा दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने

महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

संसदमा कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्ने