सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पूर्वन्यायाधीश गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष कैद र ३ लाख जरिवानाको फैसला

२०८१ जेठ २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको छ।

न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै सजाय सुनाएको हो । जिल्लाले उनलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको छ।

जरिवानाको रूपमा सुनाएको उक्त रकम पीडितले पाउने छिन् । जिल्लाले यसअघि उनलाई जेठ १३ गते दोषी ठहर गरेको थियो । उक्त फैसलाको आइतबार सजाय निर्धारण गर्दै कैद र जरिवाना तोकेको हो । उनी सर्वोच्च अदालतको आदेशले यसअघि नै थुनामा रहेका छन् ।

सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीलाई सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो। जिल्लाले फौजदारी अभियोगमा दोषी ठहर गरेपछि उनले न्यायाधीश पदसमेत गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अवैध लागूऔषधसहित तीन जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भारतीय नम्बरको स्कार्पियो दुर्घटना, दुई जनाको मृत्यु

हात्तीको २ दारासहित ठोरीबाट ३ जना पक्राउ

जङ्गली च्याउ खाँदा मृत्यु

प्रहरीद्वारा एक करोडको सामान बरामद

हिन्दुजा परिवारका चार सदस्यमाथि नोकर शोषण गरेको आरोपमा जेल सजाय

भरूवा बन्दुकसहित दुई जना पक्राउ

भरूवा बन्दुकसहित दुई जना पक्राउ

चोरीमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

२ करोड ७१ लाख रुपैयाँबराबरको भेपसहित पाँच जना पक्राउ