सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

२०८१ जेठ २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रूसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।

सुखोई–३४ जेट “पाहाडी क्षेत्रमा“ दुर्घटनाग्रस्त भएकाले जमिनमा कुनै क्षति नभएको एक विज्ञप्तिमा भनिएको छ ।

प्रारम्भिक अनुसन्धान बाट प्राविधिक समस्याका कारण दुर्घटना भएको आकलन गरिएको छ भने दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान सुरु गरेको बताइएको छ ।
पूर्व सोभियत जर्जियाको सिमानामा रहेको उत्तर ओसेटिया युक्रेनको फ्रन्ट लाइनबाट करिब आठ सय किलोमिटर टाढा छ ।

जुन–८ मा, क्षेत्रीय अधिकारीहरूले युक्रेनले मोजडोक सहर नजिकैको सैन्य हवाई क्षेत्रलाई ड्रोनले लक्षित गरेको तर तीमध्ये तिनलाई गोली हानेर खसालेको बताए । फब्रअरी २०२२ मा युक्रेन विरुद्ध रुसले सुरु गरेको विशेष सैन्य कारबाहीपछि उत्तरी ओसेटियामा भएको यो पहिलो आक्रमण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतको विहारमा एक सातामा तेस्रो निर्माणाधीन पुल भत्कियो

इजरायली सैनिकको ज्यादति- घाइते प्यालेस्टाइनीलाई गाडीको अगाडी बाँधियो

बंगलादेशमा पुल भत्किँदा ९ जनाको मृत्यु

ट्रम्पको बाचा- अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिन्छु

चीनद्वारा फ्रान्सको सहकार्यमा नयाँ उपग्रह प्रक्षेपण

दिल्लीमा पानीको अभाव

युक्रेनको उर्जा पूर्वाधारमा रुसी आक्रमण

युक्रेनका सयभन्दा बढी ड्रोन नष्ट गरेको रुसको दाबी

दुई दिने राजकीय भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री भारतमा

६ हजार टनभन्दा बढी राहत सामग्री गाजा पुग्यो

रूसी नेता पुटिन थप शक्तिशाली कि कमजोर ?

अमेरिकी सेनाद्वारा यमनको रेड सीमा छवटा हुथी ड्रोन नष्ट